सुर्खेत, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार […]
समाज
लाप्राकको एकीकृत नमूना बस्ती निर्माणबाट हात नझिकेको एनआरएन दावी
गोरखा, ९ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताएका छन् । सदरमुकाममा आज पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीृकत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई महीनाभित्र निर्माणको काम सम्पन्न हुने बताए । “लाप्राकको गुप्सीपाखामा […]
यसपटकको देउसी भैलोमा सुरुङ, रेल र जलमार्गका गीत
“सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग कुरा सुन्दा पनि आज खुशी लागिराछ समृद्धिको सपनाको साकार रूप चाहियो नेपालीको मुहारमा खुशी सुख चाहियो ।” उज्ज्यालो र सद्भावको चाड दीपावली मा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन् । मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोका क्रममा […]
अझै मारिन्छन चितुवा, चितुवाका अङ्गसहित दुई पक्राउ
मुसिकोट, ९ कात्तिक । रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग (ओखेटोपहार) छालासहित […]
अब यस्तो बनाउँदैछ चिनियाँ कम्पनीले बुटवल–नारायणगढ सडक
कावासोती, ९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो । नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम शुरु गरेको हो […]
डरलाग्दा भूक्षय रोक्न जैविक तटबन्धको विधि निकै प्रभावकारी भएपछि सबै दङ्ग
कञ्चनपुर, ९ कात्तिक । कञ्चनपुरका नदीले वर्षेनी गर्दै आएको भूक्षय रोक्नका लागि जैविक तटबन्ध निर्माणको कार्य प्रभावकारी बनेको छ । नदी तटीय क्षेत्रमा घाँस जोगाउने र बाँसको जैविक तटबन्ध निर्माण गरी भूक्षय रोक्ने कार्य हुन थालेपछि स्थानीय बासिन्दाको खेतीयोग्य जग्गा जोगिएको हो । लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका ढुङ्गा तारजालीका तटबन्धले रोक्न नसकेको भूक्षयको […]
तमानखोलामा जीप खसेर चालक र सहचालक दुबैको मृत्यु
गलकोट, ९ कात्तिक । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्mलाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक […]
उन्नत गरिमा नेर अर्कै बिउ बेच्नेहरुमाथि कारवाही हुँदै, किसानको क्षतिपूर्ति भराइने
चितवन, ९ कार्तिक । नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई […]
दिइएको छात्रवृत्तिमा पनि यस्तो राजनीति, छात्रवृति कानूनको कार्यान्वयन नहुनुको रहस्य
काठमाडौँ, ९ कात्तिक । संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महीनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था […]
तिहारमा मिठाइ किन्दै हुनुहन्छ ? सावधान ! ठूला ब्रान्डेड पसलकै मिठाई गुणस्तरहीन,
काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई […]











