अण्डाको उत्पादन वृद्धि, लागतभन्दा कममा बिक्री

रत्ननगर, १५ कात्तिक । चितवनमा लागतअनुसारको मूल्य नपाए पनि अण्डाको उत्पादनमा भने वृद्धि भएको छ । कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो तीन वर्षको अवधिमा अण्डा उत्पादनमा २९ दशमलव ७ प्रतिशतले वृद्धि भएका जानकारी दिए।जिल्लामा सन् २०१५/१६ मा एक अर्ब ३४ करोड गोटा अण्डा उत्पादन भएको थियो । यो सङ्ख्या बढेर सन् २०१६/१७ […]

हिंसा प्रभावितको सहायतामा स्वयंसेवी

काठमाडौँ, १५ कात्तिक । काभ्रेपलाञ्चोककी उषा घिसिङले महानगरीय प्रहरी परिसर ललितपुरमा हिंसा प्रभावितहरुका लागि कानूनी सहायतासम्बन्धी एकवर्षे स्वयंसेवी कोर्ष सकिन । एक वर्षको अनुभव उनको जीवनकै लागि महत्वपूर्ण रह्यो । विभिन्न घटनामा परेका महिलाहरु प्रहरीमा आएपछि कानूनी सेवा दिनु उनको काम हो । शुरुमा आफ्नो समस्या नभन्ने प्रभावितहरु परामर्श दिँदै गएपछि खुल्ने गर्छन् । घिसिङले […]

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

काठमाडौँ, १५ कात्तिक । सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर ठूलो क्षमताको छपाइ उपकरण सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।  अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा […]

फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस

डोल्पा, १५ कात्तिक । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन् । फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ । त्यहाँका नागरिक घण्टाँै उकालो बीच जङ्गलबाट छिकेकी स्थानीय तह जगदुल्लाको टावर मोबाइलमा […]

प्रदेश नं १ को राजधानी विराटनगरमा छठ पर्वको रौनक

विराटनगर, १५ कात्तिक । प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको पाइएको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् । विराटनगरमा परापूर्वकालदेखि नै सिङ्गिया नदी र पिछडास्थित नहरमा हजारौँ सङ्ख्यामा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन् । सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव […]

अत्याधुनिक पेस्तोलसहित छ पक्राउ

राँझा, १५ कात्तिक । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगञ्ज […]

म्याग्दी र बागलुङ लगाएत अन्य जिल्लामा एकाबिहानै भूकम्पको धक्का

गलेश्वर, १५ कात्तिक । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको […]

उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुने

बैतडी, १५ कात्तिक । आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता […]

रोजगारीका लागि भित्रिँदै भारतीय, बाहिरिँदै नेपाली

 बाँके, १५ कात्तिक । नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको सङ्ख्या बढ्दै गएको छ । नेपालगञ्जको जमुनाह नाकाबाट दैनिक […]

एक बच्चासहित नारायणीमा हाम फालेका युवाको पहिचान हुन सकेन

चितवन, १५ कात्तिक । लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव नदीमा भेटिएको थियो । निजको हालसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । […]