अवरुद्ध विद्युत् सेवा सञ्चालन

डोटी, २ मङ्सिर । अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ । दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका सातवटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत् सेवा अवरुद्ध भएको थियो । अवरुद्ध भएको विद्युत् सेवा आजदेखि सञ्चालन भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु बन्द भएका थिए । विद्युत् सेवा सञ्चालनसँगै सम्पूर्ण सञ्चारमाध्यम सञ्चालन भएको त्रिवेणी एफएम डोटीका स्टेशन मेनेजर कर्ण चन्दले बताए । उनले भने, “विद्युत् नहुँदा सम्पूर्ण सञ्चारमाध्यम बन्द थिए, अहिले विद्युत् सुचारु भएपछि सबै सञ्चानलमा आएका छन् ।”

Loading...