अब भारतबाट सिधै चितवनमा पाइपलाइनबाट ग्यास र इन्धन

हेटाैडा । नेपाल आयल निगमले क्रस बोर्डर पाइपलाइन सञ्चालनपछि थप दुई महत्वपूर्ण आयोजनाको निर्माण थालेको छ । अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर) सम्म र भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन निर्माण थाल्ने भएको हो । केहि दिन अघि आपूर्ति मन्त्री मातृका यादवले दुवै परियोजनाको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् । चितवनको लोथरसम्म इन्धन […]

प्रत्येकपटक बाँसको पुल तर्दा ५० रुपैयाँ कर तिर्न बाध्य

झापा । झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाइएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनका रूपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल नजिकै […]

भक्तपुरमा यसरी गरियो सांस्कृतिक गुरुहरुलाई नगदसहित सम्मान

भक्तपुर, १४ कात्तिक । भक्तपुर नगरपालिकाले यहाँका सांस्कृतिक गुरुहरूलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका वडा नं. १ देखि १० सम्मका २० जना देवी प्याखं, बाँसुरी बाजा, हार्मोनियम, पछिमा र तवला, धिमेबाजा, प्वङा बाँसुरी, लाला खिँ, पछिमाय र भजन पछिमा, दाफा भजनलगातका विविध […]

चोरीका घटनामा बालबालिकाको संलग्नता बढी

सुर्खेत, १४ कात्तिक । सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता भएको पाइएको हो । प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साढे तीन महिनामै चोरीका १५ घटना दर्ता भएकामा २० भन्दा बढी बालबालिका बारम्बार चोरीमा संलग्न भएको […]

‘बिक्नै छाडे बाँसका डोका’

सिन्धुली, १४ कात्तिक ।  बाँसका डोकाको प्रयोग पछिल्लो समयमा कम हुँदै गएको छ । बाँसका डोका मुख्यतः खेतीपातीका काममा प्रयोग हुने गर्दछ । बाँसको चोयाका डोकाको प्रयोगमा कमी हुन थालेसँगै धेरैको जीविकोपार्जनमा समेत असर पर्दै आएको छ । यस्ता डोका विशेषगरी घाँस, दाउरा, पत्कर तथा पशुको मल बोक्न प्रयोग गरिन्छ । विगतको समय यस्तो थियो […]

जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली

निजगढ, १४ कात्तिक । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यलय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहरी पोष्ट र अस्थायी सुरक्षा बेस क्याम्प, प्रमुख जिल्ला अधिकारी गार्ड, जिल्ला अस्पताल सुरक्षा गार्ड, सीमा सुरक्षा चौकी र विमानस्थल सुरक्षा गरी ४६ प्रहरी युनिट छ । अहिले […]

‘गन्तव्य मर्दी हिमाल’ अभियान

पोखरा, १४ कात्तिक । पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा घोषित ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ आजदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रमसहित अभियान थालिएको हो । भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश […]

यात्रा गर्दा दुर्घटना नहोस् भनि भगवानको नाम लिँदै सडक यात्रा

धनगढी, १४ कात्तिक । धनगढी–डडेलधुरा भीमदत्त राजमार्गको भासुभिर सडकखण्ड हुँदै यात्रा गर्ने कतिपयले भगवानको नाम लिने गरेका भेटिन्छ । यो सडक खण्डको भौगोलिक अवस्था डरलाग्दो र ठूलो चट्टानी भिर भएर यात्रा गर्नुपर्दा दुर्घटना नहोस् भनेर यात्रुले भगवानको नाम लिने गरेका हुन् । यात्रा गर्दा तलतिर हेर्ने कतिपय व्यक्ति डरलाग्दो भिर देख्दा डराउने र रिँगटासमेत लाग्ने […]

बालविवाह रोक्न सक्रिय छन् किशोरीहरु

बाँके, १४ कात्तिक । बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन् । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका यस्ता क्लबहरुमा आबद्ध किशोरीहरु अहिले प्रथमतः आफू बालविवाहबारे बुझ्छन् र त्यसपछि अरुलाई बुझाउने गर्छन् ।  बालविवाहबारे जानकारी दिन आयोजना हुने विभिन्न कार्यक्रमहरुबाट सिक्दै बालिकाहरुले आफ्नो गाउँटोलमा त्यसको प्रचार गरिरहेका […]

स्थानीयबीचको विवादमा गोली चल्दा एकको मृत्यु

कपिलबस्तु, १४ कात्तिक । लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको छ । कृष्णनगर बजार क्षेत्रमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि लागू हुनेगरी अनिश्चित निषेधाज्ञा जारी गरेको छ । […]