भद्रपुर, १४ कात्तिक । झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । किम्बदन्ती अनुसार महाभारत कालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने […]
समाज
जिप दुर्घटना हुँदा २३ घाइते
धादिङ, १४ कात्तिक । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका […]
परम्परागत संस्कृति र पहिरन हराउँदै
सिञ्जा, १४ कात्तिक । जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, धारु, छैंटी, आरती, हुडे नाच, बालो चम्फा नाचलगायत मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन । कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको कनकासुन्दरी गाउँपालिका जुम्लाकी उपाध्यक्ष […]
बागलुङमा विदेशी पर्यटक
बलेवा, १४ कात्तिक । विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ बजार सुनसान जस्तै थियो । बुधबारसमेत सार्वजनिक बिदा भएकाले गत वर्षको जत्तिको सर्वसाधारणको चहलपल पनि बागलुङ बजारमा देखिएन् । दिउँसो २ बजे प्रायः सवारीको जाम हुने बागलुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो […]
भाडाको विषयमा कुटपिटबाट घाइते भएका युवकको मृत्यु
धम्बोझी, १४ कात्तिक । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्र्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले […]
चितुवा नियन्त्रणका लागि परम्परागत खोर
दमौली, १४ कात्तिक । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा पाँच बालबालिकाको मृत्यु भयो । दिनप्रतिदिन चितुवाको आक्रमण बढ्न थालेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त सहभागितामा चितुवा नियन्त्रणका लागि दैनिक गस्ती शुरु गरियो । नगरपालिकाको विभिन्न वडाको सामुदायिक वनमा गस्ती गर्दा पनि उक्त टोलीले चितुवा […]
फस्टाउँदै पुष्प व्यवसाय
बनेपा, १४ कात्तिक । जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ । व्यावसायिक रुपमा नै क्रियाशील व्यवसायीले उत्पादन गरी बिक्री गरेको बाहेक स्थानीय बासिन्दाले […]
प्लाष्टिकमुक्त अभियान प्रभावहिन
नेपालगञ्ज, १४ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन् । ‘हामी अभियानलाई सार्थक परिणाम सम्म पु¥याउन प्रयासरत […]
एडिबीको १९ करोड ५० लाख योगदानमा मुग्लिन–पोखरा सडक चार लेनको बनाइने
काठमाडौँ, १४ कात्तिक । एशियाली विकास बैंक एडिबीले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा […]
दुई महिनामा चार गैंडा मरे
चितवन, १४ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन । निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० […]











