जनकपुर । दुई नम्बर प्रदेशको राजधानी मिथिला नगरी जनकपुरधाममा आइतबार पूर्वीय दर्शनमाथि गम्भीर छलफल भएको छ । पूर्वीय दर्शनसहित अन्य विभिन्न विषयमा भएको विचार विमर्श नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको […]
समाज
लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा
चितवन, २५ कात्तिक । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक यही कात्तिक २९ र ३० गते गैँडाकोटमा हुने भएको छ । सोही डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा बैठक हुन लागेको हो । कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स […]
दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन
पोखरा, २५ कात्तिक । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ । दशौँ संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो । उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ […]
नेपाली भूभागको रक्षामा चुक्न नहुने भन्दै सेनाले चाल्यो यस्तो कदम
काठमाडौं, २५ कात्तिक । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ । नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन् […]
बेसहारा सडक मानवमुक्त नगर अभियान
विराटनगर, २५ कात्तिक । दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ । बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना […]
आन्तरिक पर्यटक हुन कर्मचारीलाई सुविधा
धनुषा, २५ कात्तिक । प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ । प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन र कर्मचारीलाई प्रदेशमै कार्य गर्न थप […]
ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु
जलेश्वर, २५ कात्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो […]
चितवनमा २९ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान
चितवन, २५ कात्तिक । जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् । तथ्याङ्क कार्यालय चितवनले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा रहेको प्रतिष्ठानमा एक लाख चार हजार ६२७ जनाले रोजगारी पाएका छन् । प्रत्यक्ष संलग्न जनशक्तिको तथ्याङ्क […]
स्वास्थ्य बीमामा आकर्षण
खोटाङ, २४ कातिक । दश स्थानीय तह रहेको यस जिल्लामा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २६ हजार नाघेको छ । विसं २०७४ पुस २४ गतेदेखि शुरु गरिएको सो कार्यक्रममा गत असोज मसान्तसम्म १२ हाजर १८६ परिवारका २६ हजार ४७ ले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराउनेमध्ये १३ हजार २६८ महिला र १२ हजार ७७७ पुरुष […]
सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम
विराटनगर, २४ कात्तिक । प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व […]









