झडपका क्रममा फायर गरेका सिसा र ढुङ्गा सफा गर्दै राष्ट्रिय युवा संघ

कोहलपुर, २३ मंसिर । आइतबार बाँकेको कोहलपुरमा प्रर्दशनकारी र प्रहरीबिच दिनभर जसो झडप भयो । झडपको क्रममा प्रर्दशनकारीहरुले ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायत फरार गरे । प्रहरीलाई प्रहार गरेका ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायतका साम्रगीहरुले कोहलपुरको सडक भरिएको थियो ।

सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानैदेखि सरसफाई गरिरहेको छ । कोहलपुर नेपालगञ्ज सडक खण्ड, न्युरोड चोक लगायतका क्षेत्रमा नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघले सरसफाई गरिरहेको हो ।

Loading...