काठमाडौं, २५ कार्तिक । युट्यूवमा अघोरीबाबा भनेर भाइरल भएका बाबाकी नव दुलही शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लामो समयदेखि बसोवास गर्दै आएका अघोरी मृत्युञ्जय बाबा भनेर चिनाउने बाबाले केही महिना अघि मात्र विवाह गरेको आफै सार्वजनिक गरेका थिए । अमेरिकाको बसाई त्यागेर नेपाल आई घरबार सबै त्यागेका बाबासँग विवाह गरेर […]
समाज
हत्या आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौँ, २५ कात्तिक । प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् । विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी […]
अनेसास सर्वोत्कृष्ट पुरस्कार वितरण
वाशिङ्टन डिसी, २५ कात्तिक । अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्कीले प्रवासी भूमिमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आइतबार डिसीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्म जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक एवं विशिष्ट प्रतिभा पुरस्कार वितरण समारोहमा उनले नेपाली साहित्यका […]
काठमाडौँका आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न
ललितपुर,२५ कात्तिक । काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्र मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ । ललितपुरमा […]
लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु
रुपन्देही, २५ कात्तिक । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ । प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताए। उनले सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै […]
मौरी जोनमा १४१ किसान आबद्ध
घोराही, २५ कात्तिक । दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कलाबुढा मगरका अनुसार मौरी जोनमा हालसम्म घोराही र तुलसीपुरका दुई– दुई सहकारी र एउटा […]
ताङग्यामा मोबाइल सेवा विस्तार
ठिनी मुस्ताङ, २५ कात्तिक । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङग्या गाउँमा मोबाइल फोन सेवा विस्तार गरिएकोे छ । नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर सो सेवा विस्तार गरेको हो । पैँतिस घरधुरीको बसोबास रहेको त्यस गाउँमा आइतबारदेखि मोबाइल फोन सेवा शुरु भएको नेपाल टेलिकम जोमसोम शाखाका कर्मचारी […]
मन्त्री पोखरेलद्वारा अनशन तोड्न आग्रह
काठमाडौँ, २५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरे । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उनलाई अपिल गरे । चिकित्सा शिक्षामा सुधारको […]
सडकको छेउमा राखिरहेको बसमा आगजनी
घोडाघोडी, २५ कात्तिक । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए । दैलेखका धनराज शाहीको […]
धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा
दमौली, २५ कात्तिक । जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो । गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । […]










