एजेन्सि, काठमाडौं अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा बुधबार नेपालभर १,५६७ शिशु जन्मिने अनुमान गरिएको छ। नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ। संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफ नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो। नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे […]
समाज
संकटकाल बिर्साउने गरी सरकारले गिरफ्तार गर्न थाल्यो: बिप्लव
काठमाडौ, १६ पुस । विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारमाथि ‘संकटकाल बिर्साउने गरी’ आफ्ना कार्यकर्ता गिरफ्तार गर्न थालेको आरोप लगाएको छ । पार्टीका पूर्वी केन्द्रीय कमाण्ड विषमले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट […]
बर्दियामा ट्रक पल्टिँदा तीन जनाको मृत्यु
बर्दिया, १६ पुस। बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट रड लिएर धनगढीतर्फ जाँदै गरेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजे नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ । ट्रकमा चालक, सहचालक र दुई महिला यात्री रहेकोमा तीन जनाको मृत्यु भएको हो […]
सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो: मन्त्री बाँस्कोटा
काठमाडौँ, १५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेक नेपालकै भएको बताएका हुन् । ‘कालापानी र लिपुलेक नेपालकै हो यो प्रश्न नै होईन, ‘मन्त्री बाँस्कोटाले भने, ‘बरु लिम्पियाधुराको कुरा दोस्रो विषय […]
सरकारले भाडामा बस्नेहरुको अभिलेख राख्ने
काठमाडौँ, १५ पुस । सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ । गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरुको बैठकले भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै उनीहरुको अभिलेख राख्ने […]
भ्रमण वर्ष २०२० फितलो तयारी,पूर्वाधारकै अभाव
आगामी सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणागरेसँगै यस अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । प्रदेश ५ सरकारले पनि लुम्बिनी भ्रमण वर्ष, २०७६ घोषणा गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानस्थित सुकेतालमा आन्तरिक पर्यटक डुंगा चढेर रमाउँदै । भ्रमण वर्षलाई सघाउन लुम्बिनी भ्रमण वर्ष घोषणा गरिए पनि पर्यटन पूर्वाधारको विकास भने हुन सकेन । पाल्पामा डिभिजन […]
किसानको २१ करोड नतिर्ने कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता
कपिलवस्तु, १५ पुस । वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन । अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ । ‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन […]
मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने
काठमाडौँ, १५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरु कोन्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ । दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ । त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ […]
४ वर्षीया छोरीलाई बाबुद्धारा कुटपिट गरी हत्या
कन्चनपुर, १५ पुष । कन्चनपुरका एक पिता आफ्नी ४ वर्षीया छोरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । भिमदत्त नगरपालिका १८ सुकुम्बासी टोलमा बस्ने ३० वर्षीय इन्द्र बहादुर चुनारालाई सोमबार साँझ ४ वर्षीया छोरी सुशिलाको हत्या अभियोगमा पक्राउ गरिएको हो । मादक पदार्थ सेवन गरेका इन्द्र बहादुरको कुटपिटबाट घाईते भएकी शुसिलाको अंचल अस्पताल […]
निजी घर तथा अपार्टमेन्टहरु भाडामा लिई मानव तस्कर व्यवसाय सञ्चालन
काठमाडौं,१५ पुस । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो । […]











