लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट लिखित परीक्षा

काठमाडौँ, २४ पुस । सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ । हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको […]

माघ ३ गते सातै प्रदेशबाट ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ थाल्दै समाजवादी

काठमाडौं, २४ पुस। समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान विसु अभियान २०२० सञ्चालन गर्ने भएको छ । समाजवादी पार्टीका सहअध्यक्ष तथा विसु अभियानका संयोजक राजेन्द्र श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ […]

हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

डोटी, २४ पुुुुुुुुुुस । मङ्गलबार देखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन […]

लाख ऋण दिएर करोडको तमसुक बनाउने ठग्ने खुंखार साहुकार प्रहरी फन्दामा

काठमाडौँ, २४ पुस  । लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार […]

भोलिबाट मौसममा सुधार आउने, लगत्तै सोमबारबाट पानी पर्ने पूर्वानुमान

काठमाडौं, २४ पुस । केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई […]

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग, प्राधिकरणलाई जटिलता पैदा भएपछि, कुलमान आफैं कार्यस्थलमा खटिए !

काठमाडौँ, २३ पुस । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप ज’टिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक […]

व्यापारीको अपहरणपछि हत्या गर्ने बाबुलाई २० र छोरीलाई १० वर्ष कैद सजाय

दाङ, २३ पुस । दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये बाबु छोरीसहित आठ जना कारागार चलान भएका छन्। जिल्ला अदालत सल्यानले अपहरण तथा हत्या काण्डमा संलग्नलाई ९ वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो। पक्राउ परेकामध्ये तीन जनालाई अदालतले सफाइ दिएको छ। घटना भएको […]

आज र भोलि काठमाण्डौसहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौँ, २३ पुस। बुधबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार अहिले धुम्मिएको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित […]

राजपा केन्द्रीय सदस्य यादव मिटरब्याज मुद्दामा पक्राउ

काठमाडौं, २३ पुस । बुधबार दिउँसो साढे १२ बजे यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो। यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको सर्लाहीका डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए । करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र […]

सप्तरीमा हात्ति आतङ्कबाट जोगिन मौरीपालन योजना

राजविराज, २३ पुस । सप्तरीको उत्तरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ । पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंफोड गरेको छ […]