काठमाडौं, २८ चैत । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौमा घर भएका तर घर बहाल मात्र आय श्रोतले जीवन धानेका परिवार समस्यामा परेको बताउनु भएकाे छ । महानगरपालिकाको बुधवार बसेको ४४ औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भन्नुभयो – ‘घर बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । घर भाडामा बस्नेले घर […]
समाज
शिवराजद्वारा राहत वितरण जारी, तेस्रो दिनसम्म १३सय परिवारलाई राहत
शिवराज नगरपालिकाद्वारा पहिलो चरणमा वितरण गरेको राहत तेस्रो दिनसम्म १हजार २सय ८८ विपन्न परिवारलाई वितरण गरिएको छ । राहत खरीद तथा वितरण समिति संयोजक उपप्रमुख शिवकुमारी थारुले तेस्रो दिन बुधबार ५सय ४८ परिवारलाई राहत वितरण गरिएको बताइन् । उपप्रमुख थारुका अनुसार तेस्रो दिन वडा नं. १ का २सय, वडा नं. २ का १सय र […]
शिवराज बिपद् कोषमा निजीक्षेत्रको ५लाख आर्थिक, २सय बढी क्वीन्टल खाद्यान्न सहयोग
शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको बिपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा बिपन्नलाई खाद्यान्न सहयोगका लागि बन्जाडेले कूल ३ लाख रकम सहयोग गरेका हुन् । बन्जाडेले तीनै पालिकाको विपद् व्यवस्थापन […]
युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको चिन्ता
काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले कोरोना भाइरसको महामारकिा बीच शिक्षक र विद्यार्थी वर्गको स्वास्थ्य र सिकाइ प्रति चिन्ता र चासो व्यक्त गरेको छ । लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि अनलाइनमार्फत् बैठक बस्न शुरु गरेको संगठनले मंगलबारको अनलाइन बैठकमा यस विषयमा छलफल गरेको हो । मंगलबार युएण्टोले उपलब्ध केन्द्रीय पदाधिकारीको अनलाइन बैठक सम्पन्न […]
कपिलवस्तुका तीन पालिकाको पाँच क्वारेन्टाइनमा इन्टरनेट
कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ । जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री), कपिलवस्तु नगरपालिकास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र आधारभूत विद्यालय र मायादेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्थादेवी माविमा राखिएको […]
शिवराज विपद् कोषमा सहयोगी हातहरु बढ्दै
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’मा सहयोगी हातहरु बढ्दै गएका छन् । कोभिड–१९ (कोरोना भाइरस) सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहतका लागि स्थापना गरिएको विपद कोषमा सहयोगी मनहरु बढ्दै गएका हुन् । समाचार तयार पार्दासम्म शिवराज विपद् कोषमा सहयोगी दाताहरुबाट मात्र ३ लाख ५४ हजार […]
सुदूरपश्चिममा ‘लकडाउन’लाई थप प्रभावकारी बनाइँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि उपकरणलगायतका सामग्री र रोगको उपचार तथा […]
विश्वभर कोरोनाबाट ज्यान गुमाउने ६४ हजार नाघे, ११ लाख बढी संक्रमित
काठमाडाै । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ। अहिलेसम्म ६४ हजार ३ सय १६ जनाको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१, स्पेनमा ११ हजार सात सय ४४ र अमेरिकामा सात हजार चार सय ६ जनाको ज्यान गएको छ। फ्रान्समा ६ हजार पाँच सय ७, बेलायतमा ३ हजार […]
शिवराज नगरपालिकाद्वारा राहत सामग्री खरीदका लागि मूल्यसूची माग
शिवराज नगरपालिकाले सम्बन्धित व्यापारी व्यवसायीसँग राहत सामग्रीको उचित दररेट सहितको मूल्यसूची माग गरेको छ । राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लकडाउनका कारण प्रभावित विपन्न श्रमिक वर्ग तथा असहाय परिवारका लागि खरीद गरी वितरण गर्न मूल्यसूची आह्वान गरेको हो । समितिको बैठकले मध्यम खालको चामल, मसुरोको दाल, सनफ्लावर तेल, […]
बचत समूहद्वारा विपन्न र असहाय परिवारलाई राहत
कपिलवस्तुको शिवराज ५, दक्षिण रहटकोलस्थित बचत समूह तथा टोल सुधार समितिले स्थानीय अति बिपन्न श्रमिक एवं असहाय २९ घरधुरीलाई राहत वितरण गरेको छ । लकडाउनको चपेटामा परी दैनिक जीवनयापनमा समस्या भएका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो । समूहका सदस्य तथा स्थानीय मनकारी मन भएका ब्यक्तित्वहरूको सहयोगमा विपन्न परिवारलाई राहत प्रदान गरिएको भू.पू. […]











