घर फर्कनुअघि स्वास्थ्य जाँच गर्न भनेर आफै अस्पताल पुगेका थप तीन जनामा कोरोना पुष्टि

वीरगञ्ज, ३० चैत । नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या १२ पुगेकाे छ । विरगञ्जमा भेटिएका तीन जनाकाे नमूना दुइ पटक परिक्षण गरेर उनीहरुमा काेराेना भाइरस […]

इटालीलाई उछिनेर कोरोनाबाट ज्यान गुमाउने संख्या अमेरिकामा बढी

काठमाडाैं । विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी पुगेकाे छ । अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो । […]

बाघको आक्रमणबाट कपिलवस्तुमा दुई गम्भीर घाइते

बाघको आक्रमणबाट कपिलवस्तुमा दुई जना गम्भीर घाइते भएका छन् । बाख्रा चराउन जंगलमा गएका जिल्लाको विजयनगर गाउँपालिका-१, नेवलागञ्जका दुई पुरुष घाइते भएका हुन् । घाइते हुनेमा नेवलागञ्ज बस्ने ५५ वर्षे बर्मन रोका र सोही ठाउँका ५० वर्षीय दिलेराम थारु रहेका छन् । अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको इलाका […]

शिवराजका बजार अनुगमन: म्याद नाघेका अखाद्य सामग्री बरामद

कपिलवस्तुको शिवराज नगरपालिका बजार अनुगमन समितिले वर्तमान विपद्को अवस्थामा उपभोक्ता हितलाई ध्यानमा राखी बजार अनुगमन गरेको छ । नगरभित्रका केही खाद्य तथा किराना र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको जनगुनासो बढेपछि समितिद्वारा बजार अनुगमन गरिएको हो । शिवराज नगर उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा गठित अनुगमन समितिमा इलाका प्रशासन कार्यालय, व्यापार संघ कपिलवस्तु, […]

दाना नपाएर कुखुरालाई घाँस हाल्दै किसान, यसरी बन्छ कुखुराका लागि घाँसको दाना

कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए । सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आएका छन् चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उनकै सिको गर्न थालेका छन्। […]

मस्जिदमा भिडजम्मा नहुन सम्झाई बुझाई गर्दा प्रहरी माथि हातपात गर्ने नियन्त्रणमा

चैत २८ ,रौतहट । रौतहट, २८ चैत । सरकारले लकडाउनको घोषणा गरेको बेलामा सामुहिक रुपमा धार्मीक कार्यमा संलग्नहरुलाई सम्झाउन गएको प्रहरी माथि उल्टै हा त पा त भएको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा रौतहटको नगरपालिकअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको हो । सरकारले कोरोना फैलन नदिन मुलुकभर लकडाउनको घोषणा […]

हातखुट्टा नधोई छोराछोरीले भित्र पस्‍न दिँदैनन् !

जाजरकोट  । ‘केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन’ भनेर पन्छिनेहरु आजभोलि  कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् । आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्ण रूपमा बन्द भएको छ। कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको […]

घर बहाल मात्र आयस्रोत हुने काठमाडौका घरधनी के गर्ने त ? : उपप्रमुख खड्गी

  काठमाडौं, २८ चैत ।  काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौमा घर भएका तर घर बहाल मात्र आय श्रोतले जीवन धानेका परिवार समस्यामा परेको बताउनु भएकाे छ । महानगरपालिकाको बुधवार बसेको ४४ औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भन्नुभयो – ‘घर बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । घर भाडामा बस्नेले घर […]

शिवराजद्वारा राहत वितरण जारी, तेस्रो दिनसम्म १३सय परिवारलाई राहत

  शिवराज नगरपालिकाद्वारा पहिलो चरणमा वितरण गरेको राहत तेस्रो दिनसम्म १हजार २सय ८८ विपन्न परिवारलाई वितरण गरिएको छ । राहत खरीद तथा वितरण समिति संयोजक उपप्रमुख शिवकुमारी थारुले तेस्रो दिन बुधबार ५सय ४८ परिवारलाई राहत वितरण गरिएको बताइन् । उपप्रमुख थारुका अनुसार तेस्रो दिन वडा नं. १ का २सय, वडा नं. २ का १सय र […]

शिवराज बिपद् कोषमा निजीक्षेत्रको ५लाख आर्थिक, २सय बढी क्वीन्टल खाद्यान्न सहयोग

शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको बिपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा बिपन्नलाई खाद्यान्न सहयोगका लागि बन्जाडेले कूल ३ लाख रकम सहयोग गरेका हुन् । बन्जाडेले तीनै पालिकाको विपद् व्यवस्थापन […]