बैशाख २४ काठमाडौं । काठमाडौँ उपत्यका भित्रका महानगर तथा नगर पालिकाहरुलो समूह उपत्यका नगरपालिका फोरमकाका मेयरहरुले काठमाडौं प्रवेश रोक्नुपर्ने माग गर्दै कडाई गरिनु पर्ने बताएका छन् । नेपालगञ्ज, बिरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी संख्या बढे पछि मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका विद्यासुन्दुर शाक्य लगायत उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय […]
समाज
कोरोनाबाट इटालीमा भन्दा बेलायतमा मृत्यु हुनेको संख्या धेरै
काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । […]
जब ५ वर्षका बालक तीब्र गतिमा गाडी चलाइरहेको भेटिए
एजेन्सी । अमेरिकाको युटामा एक पाँच वर्षीय बालक भने गाडी चलाउँदै गर्दा समातिएका छन्। सडकमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको गाडी एक प्रहरीले देखेका थिए। उक्त गाडी कहिले दायाँतर्फ त कहिले बायाँतर्फ बत्तिरहेको थियो। प्रहरीले गाडी रोक्न निर्देशन दिए। गाडी रोकियो। जब प्रहरी गाडीको नजिक पुगे तब चकित परे। गाडी त एक साना बालकले पाे […]
पेप्सिकेलाकाे सनसिटीका एक व्यक्तिमा फेरि देखियाे काेराेना
काठमाडौं, २३ वैशाख । काेराेना लागेर अस्पताल भर्ना भइ घर फर्केका एक जनामा फेरि काेराेना देखा परेकाे छ । काठमाडाैंकाे पेप्सीकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक व्यक्तिमा फेरि काेराेना भाइरस देखा परेकाे हाे । केही दिन अघि मात्र ती व्यक्तिमा काेराेना भेटिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सिकोलाकाे सिनसिटी अपार्टमेन्टका ५२ वर्षका […]
आफ्ना सबै खेलाडीमा कोरोना परीक्षण गर्ने तयारीमा बार्सिलोना
काठमाडाैं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने तयारीमा ला लिगा छ । त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार […]
खाना र कृषि व्यवस्था सुधार्न यस्ता उपाय अपनाउन सरकारलाई खाद्य विज्ञको सुझाव
काठमाडौँ । खाद्यका लागि कृषि अभियानले तत्कालको खाना र भविष्यको कृषि सपार्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उक्त अभियानले कृषि मन्त्री घनश्याम भूषालमार्फत ध्यानाकर्षण गराएको हो। उक्त अभियानले यसअघि वैशाख ५ गते पनि तत्कालको खाना र भविष्यको कृषि सपार्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। कोभिड–१९ को विश्वव्यापी विस्तार र यसले सबै तहका मानव समुदायमा सृजना […]
नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित
नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे । मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ […]
ठूला होटेलहरु ६ महिना बन्द गर्ने निर्णय, मजदुरको तलब १२.५ प्रतिशतमात्र दिइने
काठमाडौं । विश्वव्यापी रुपमा त्रास फैलाएकाे काेराेना भाइरसका कारण नेपालका ठूला हाेटलहरु बन्द हुने भएका छन् । हाेटल संघ नेपाल (हान) ले निर्णय नै गरेर ६ महिना ठूला होटलहरु ६ महिना बन्द गर्ने जनाएकाे हाे । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द […]
ताप्लेजुङ सदरमुकाममा मध्यराति भीषण आगलागी
काठमाडौं, २० बैशाख । प्रदेश १ अन्गर्गत पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाममा भिषण आगलागी हुँदा १२ वटा घरहरु पूर्ण रुपमा जलेका भएको छन । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण अागलागी भएकाे हाे । फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको हाे। मध्यराति अकस्मात सुरु भएकाे आगलागी साढे ७ घण्टापछि अघि […]
विद्यालयमा सञ्चालित अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन
कास्की । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो । संस्थागत विद्यालयहरुले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेका, यसले समाजमा थप विकृती निम्त्याएको, यसको पहुँचमा […]










