जर्मनीबाट ५ हजार सेना फिर्ता गर्दै अमेरिका

काठमाडौँ । अमेरिकाले जर्मनीबाट आफ्नो ५ हजार सेना फिर्ता गर्ने तयारी गरेको छ। इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्न लागेका हुन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले स्रोतको हवाला दिँदै लेखेको छ। यही साताको सुरूवातमा जर्मन चान्सलर मर्जले इरानसँगको […]

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले हावाहुरी, असिनासहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । […]

यूएईमाथि नेपालको रोमाञ्चक जित, दीपेन्द्रले हाने शतक

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत आज नेपालले यूएईमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।  वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । […]

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार नगर्न बालेन सरकारलाई गगन थापाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न उठाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराएका हुन् । पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रतिपक्षी दलको हैसियतले अब ‘मौनता […]

अध्यादेशमार्फत संशोधन गरिएको सहकारी ऐनमा के–के फेरियो ?

काठमाडौँ । सरकारले अध्यादेशमार्फत सहकारी ऐन २०७४ लाई संशोधन गरेको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ कार्यान्वयनमा आएको हो। यसले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो निकाय बनाउने गरी थप अधिकार दिएको छ। बचत तथा ऋण कारोबारको सीमा र सन्दर्भ ब्याजदर तोक्न प्राधिकरणले सक्ने लगायतका व्यवस्था थपिएको छ। यसअघि यस्तो अधिकार राष्ट्रिय सहकारी विकास […]

अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने

काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीबाट सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा नयाँ प्रणाली सुरु गरेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने […]

यूएईविरुद्ध नेपाली टिममा फेरबदल, विनोद र अर्जुनले पाए मौका

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध आजको खेलमा नेपाली टिममा ठूलो परिवर्तन देखिएको छ । त्रिवि क्रिकेट खेलमैदानमा भर्खरै सुरु भएको खेलमा ब्याटिङ तथा बलिङमा नेपालले ठूलो परिवर्तन गरेको हो । नेपालको दुवै नियमित ओपनर आजको खेलमा छैनन् । कुशल भुर्तेल र आसिफलाई बाहिर राख्दा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले मौका पाएका छन् […]

आजदेखि ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजेल घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ । समायोजन भएको मूल्य आजदेखि लागू भएको छ । निगमले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो । नयाँ मूल्य अनुसार अब पहिलो वर्गका […]

नेपालसहित विश्वभर आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौँ । श्रमिक अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षाको सन्देशसहित आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक नाराबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परम्परा सन् १८८९ मा फ्रान्सको […]

३ वायुको प्रभाव कायमै, आज पनि सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र […]