(अपडेट) जेनजी प्रदर्शनमा देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण […]

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै बल्ल बोल्यो मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रूपमा समयमै सम्बाेधन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । साथै प्रदर्शनका क्रममा मृत्यु भएको परिवारलाई तत्काल […]

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २५६ जना घाइते

काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक […]

इटहरी उपमहानगरकाे कार्यालयमा जेनजीले लगाइदिए आगो

विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् । सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाकाे मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । आगो नियन्त्रणमा आउन नसकेको […]

जेनजी प्रदर्शन : ट्रमा सेन्टरमा थप दुई जनाको ज्यान गएसंगै मृतकको संख्या १७ पुग्यो

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका […]

इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेका हुन्। सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी यो कर्फ्यु आदेश जारी गरिएको छ। तोकिएको चार […]

आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् । यसैगरी मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै […]

जेनजी प्रदर्शन : अहिलेसम्म मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको व्यापक दमनका कारण अहिलेसम्म १४ जना आन्दोलनकर्ताको मृत्यु भएको छ । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ […]

जेनजी आन्दोलनमा प्रहरीको अस्वाभाविक बल प्रयोग- अहिलेसम्म ६ जनाको मृत्यु, मानव अधिकार आयोग मौन

काठमाडौँ । काठमाडौंको बानेश्वरमा भएको  जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अस्वाभाविक बल प्रयोग गरेर गोली चलाएको छ । प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। ट्रमा सेन्टरमा उपचारका लागि लागिएका ४ जना, सिभिल अस्पतालमा १ जना र केएमसी अस्पतालमा १ जना गरी ६ जनाको मृत्यु भएको छ ।ट्रमा सेन्टर र सिभिल अस्पतालमा घाइतेहरू भरिभराउ भएका […]

प्रहरी दमनपछि बानेश्वरमा हिंसात्मक बन्यो जेनजी आन्दोलन, मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे । मृत्यु हुनेमा धनकुटा घर भएका करिब ३५–४० वर्षीय युवा छन् । जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको […]