काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी […]
समाज
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति-उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका […]
त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईले दिए पदबाट राजीनामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्ने […]
प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा सल्यानमा भेटिए ८६ वटा बम
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ । शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्। जसमध्ये ८२ सकेट बम, ३ सुतली बम र १ वटा बोतल बम रहेको जिल्ला प्रहरी कार्यालय […]
इरानले पठाएको नयाँ प्रस्तावमा ट्रम्पले भने- स्वीकारयोग्य छैन
काठमाडौँ । इरानले अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव पठाएको छ। इरान-अमेरिका शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेको पाकिस्तानमार्फत तेहरानले बिहीबार राति नयाँ प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानी सञ्चारमाध्यमहरूले पनि पाकिस्तानमार्फत अमेरिकालाई नयाँ प्रस्ताव पठाइएको पुष्टि गरेका छन्। यद्यपि प्रस्तावमा के उल्लेख छ भन्ने बारेमा खुलाइएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानबाट नयाँ प्रस्ताव प्राप्त भएको बताएका […]
बालाजु, माछापोखरी र स्वयम्भूको अतिक्रमित बस्तीमा चल्यो डोजर
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ । आज बिहान बालाजु, माछापोखरी र स्वयम्भू क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ […]
अविरल वर्षापछि पहिरो, कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प
काठमाडौँ । हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला […]
सगरमाथा आधार शिविरबाट अमेरिकी विशेष दूत गोरद्वारा कार्गो ड्रोन सार्वजनिक
काठमाडौँ । दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविर भ्रमणका क्रममा ‘अल्टा एक्स जेन २’ कार्गो ड्रोन सार्वजनिक गरेका छन् । स्रोतका अनुसार अमेरिकी कम्पनी फ्रीफ्लाइले निर्माण गरेको सो ड्रोन शुक्रबार आधार शिविरमै अनावरण गरिएको हो । ड्रोनको हाल केवल उद्घाटन मात्र गरिएको हो । आवश्यक सबै प्रक्रिया पूरा […]
जर्मनीबाट ५ हजार सेना फिर्ता गर्दै अमेरिका
काठमाडौँ । अमेरिकाले जर्मनीबाट आफ्नो ५ हजार सेना फिर्ता गर्ने तयारी गरेको छ। इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्न लागेका हुन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले स्रोतको हवाला दिँदै लेखेको छ। यही साताको सुरूवातमा जर्मन चान्सलर मर्जले इरानसँगको […]
पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले हावाहुरी, असिनासहित वर्षा हुने
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । […]











