काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने […]
समाज
चौतर्फी आलोचना हुन थालेपछि सुकुम्बासीबारे प्रधानमन्त्री बालेनले फेसबुकबाट दिए यस्तो प्रष्टीकरण
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने बताएका छन्। विकल्प विना सुकुम्बासीमाथि डोजर चलाएको भन्दै चौतर्फी आलोचना भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा […]
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा केही गिरावट
वासिङ्टन डिसी । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो। बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ […]
देशैभर बदली : आज यी प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। […]
राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् । उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् । तर, राष्ट्रपतिले अझैँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने जारी गरेका छैनन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभा
सिन्धुली । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सदरमुकाम सिन्धुलीमाडीमा प्रभातफेरि र कोणसभाको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीशाखाको आयोजनामा आज विहान महासंघको कार्यलयबाट शुभारम्भ गरिएको प्रभातफेरि पछि स्थानीय लोकतान्त्रिक चौकमा आयोजना गरिएको कोणसभामा विधमान सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेत्र पर्न थालेका औल्याईएको थियो । सो अवसरमा नेपाल […]
इन्धन मूल्यले सेवा बन्द गर्ने अवस्था आयो : वायुसेवा कम्पनी
काठमाडौं । आन्तरिक उडान गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धन मूल्य अत्यधिक बढ्दा सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) लाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघले वायुसेवा कम्पनीहरूलाई राहत र सहुलियत दिन माग गरेको छ । संघले लेखेको पत्रमा विश्वभरि फैलिएको कोरोना भाइरस, २३ र २४ […]
खेलकुदका २७ जना पदाधिकारी पदमुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्। यससँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय ४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। यससँगै खेलकुदमा राजनीतिक नियुक्त लिएकाहरू पनि पदमुक्त भएका छन्। जसमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त भएका […]
चिकित्सा शिक्षा, मेडिकल काउन्सिल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी रिक्त
काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेसँगै चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, विश्वविद्यालयहरू, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका पदाधिकारी एकैचोटि रिक्त भएका छन्। बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने भन्दै विभिन्न ऐन र संरचनाअन्तर्गत रहेका राजनीतिक नियुक्ति पाएका विभिन्न संरचनाका […]
सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। शुक्रबार तोलामा तीन हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक […]











