जेनजी आन्दोलनमा ६५ सय राउन्ड गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका हतियार र खर्च भएका गोलीको विवरण तयार गरेको छ । अन्वेषण योजना तथा […]

सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताए। ‎‎आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई […]

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले चढ्दै आएको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन् । सरकारले पूर्व पदाधिकारीसँग भएका सवारी लगायत अन्य सुविधा फिर्ता गर्न भनेपछि तिमिल्सिनाले आफूले चढ्दै आएको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्की मार्फत फिर्ता गरेका हुन् । उनले राष्ट्रिय सभाको पूर्व अध्यक्षको हैसियतले संघीय संसद् सचिवालयले […]

पौडी खेल्न खोलामा गएका दिदीबहिनीको निधन

जाजरकोट । पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको ज्यान गएको छ । कुशे गाउँपालिका-७ स्थित समाकोट खोलामा पौडी खेल्न गएका उनीहरु मृत फेला परेका छन् । स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले […]

भोटेकोशीमा भ्यान खस्यो, चालक बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकमा भोटेकोशी नदीमा भ्यान खसेको छ। शुक्रबार बिहान ५:२० बजे सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित अरनिको राजमार्गबाट बा १२ च ६५९४ नम्बरको डेलिभरी भ्यान भोटेकोशीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भ्यान र चालक नै बेपत्ता भएका छन्। चालक काभ्रेको पनौती नगरपालिका-१० पस्थली बस्ने २२ वर्षीय नवराज खुलाल रहेको खुलेको प्रहरीले जनाएको छ। भ्यान […]

ट्रकको ठक्करबाट १८ बर्षीय शाहीको मृत्युपछि आफन्त आन्दोलित, भोली कर्णाली राजमार्ग बन्द

काठमाडौँ। दैलेखको रामघाटस्थित कर्णाली राजमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। खाडाचक्र नगरपालिका–११, कालिकोटका १८ वर्षीय एडमन शाहीको बुधबार अपराह्न करिब ४:३० बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पुर्याउने बितिक्कै मृत्यु भएको हो। शाही सवार मोटरसाइकललाई ना ७ ख ७२३८ नम्बरको ट्रकले रामघाटस्थित पुलमै ठक्कर दिएको थियो। ठक्करले घाइते […]

५ सडक पूर्ण रुपमा बन्द, ४ सडक एकतर्फी सञ्चालन (सूचीसहित)

काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ […]

तुइनखोलाको पहिरो हटाउन समय लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ । बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले भनेको छ– ‘आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको छ […]

“न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण

भक्तपुर । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा भक्तपुरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत “न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण गरियो। हाडा ब्रदर्सको प्रस्तुतीमा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे। गायक लक्ष्मण पलिखेलको शब्द, दिवंगत दिक्षाका पिता राजेश हाडाको संगीत र रवि हाडाको स्वर रहेको गीतलाई गोपाल रसाइलीले संगीत […]

देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प

sher bahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएका छन् । दुई दिनअघि नेता गुरू घिमिरेसहितले विशेष महाधिवेशन माग गरेको पृष्ठभूमिमा बुधबार संयुक्त वक्तव्य निकाल्दै २३ जना नेताले देउवाको बचाउ गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारका मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र […]