एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ । पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो । आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको […]

विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री कार्की

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमा पद्माले छोराको शिघ्र रिहाइका आवश्यक कुटनीतिक पहल […]

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन् । सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ । त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको […]

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका […]

पोखराकी २२ वर्षीया युवती काठमाडौंको गेस्ट हाउसमा मृत फेला

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । […]

नेदरल्याण्डमा शरणार्थीविरोधी हिंसात्मक प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा चलाइयो

काठमाडौं । शनिबार नेदरल्यान्डको द हेगमा हजारौँले आप्रवासन नीति र बढ्दो शरणार्थी संख्याविरुद्ध हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । स्थानीय सरकारका प्रवक्ताका अनुसार, हिंसात्मक प्रदर्शनमा सहभागी ३० जना पक्राउ परेका छन् भने दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीले थप प्रदर्शनकारी पक्राउ पर्न […]

हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशी पनि

काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । ‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ । इजरायलले गरेको […]

सोमबारदेखि यात्रुवाहक सवारीलाई देशभर रुट परमिट खुला

काठमाडौँ । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । तर विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ । त्यस्तै, बुटवल–नारायणघाट सडक खण्डको […]

यात्रुबाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइने, यस्ता छन् अन्य निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । ‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग ( नागढुंगा–सिस्नेरी) बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको […]