काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुनेछ। उक्त कार्यक्रममा कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालगायत नेताहरूलाई सँगै राखेर पत्रकार सम्मेलन गर्न लागेको नेताहरूको भनाइ छ। ‘कार्यवाहक सभापति एवं पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको […]
राजनीति
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । ‘नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई […]
डेढ घण्टा ढिलो गरी सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन डेढ घण्टा बढी ढिलो गरी सुरु भएको हो । विशेष महाधिवेशन र नियमित महाधिवेशन के गर्ने भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले […]
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल, के भयो कुराकानी ?
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ४ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई जनाबिच भेटवार्ता र लामो छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले पुष्टि गरे । दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबिच कुराकानी भएको हो । भेटवार्तामा […]
राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिका लागि बृहत् कम्युनिस्ट एकता आवश्यक : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । सोही आवश्यकताको आधारमा विभिन्न […]
विशेष महाधिवेशनलाई काउन्टर दिँदै देउवाले गरे पुस २७ को युवा भेला स्वीकृति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस २७ गते पार्टी निकटका युवाहरूको भेला गर्न स्वीकृति दिएका छन् । बिहीबार बिहान देउवा निवास महाराजगञ्जमा देउवा भेट्न पुगेका नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, महिला सङ्घका अध्यक्ष उषा राउत मिश्र, किसान सङ्घका अध्यक्ष गणेश तिमिल्सिना र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पुस २७ गते युवा भेला […]
अध्यक्ष प्रचण्डलाई इन्कलाब पंक्तिहरु सम्झाउँदै रहबर अन्सारीले त्यागे पार्टी
काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले पार्टी छाडेका छन् । रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् । बिहीबार अन्सारीले हुलाकमार्फत प्रचण्डलाई राजीनामापत्रमा उल्लेख गरेका छन् । संयोजक प्रचण्डले मधेस प्रदेशमा वाचन गरेको‘सागर के तुफान को भी हमने बस में किया है..’ सायरी उद्धृत गर्दै […]
राष्ट्रिय मानव अधिकार आयोग पुगेर रवि लामिछानेले दिए डेढ घन्टा बयान
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । लामिछाने दिउँसो १ बजेतिर पुगे करिब डेढ घन्टा बयान दिएको स्रोतले बतायो । जेनजी आन्दोलनका क्रममा लामिछानेको संलग्नता, […]
राष्ट्रिय सभा निर्वाचनका लागि १८ पदमा ४४ जनाले दिए उम्मेदवारी, नामलिस्टसहित
काठमाडौं । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ […]
रवि, बालेन्द्र र कुलमान लक्षित ओलीको टिप्पणी – २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि […]











