विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् […]

सात दलका महिला नेतृहरुको यस्तो निर्णय

काठमाडौं, असार ३२ । सात प्रमुख राजनीतिक दलका महिला संगठनहरूको संयुक्त बैठकले पछिल्लो समयमा बढ्दो महिला हिंसा, बलात्कार, हत्या, अपहरणजस्ता घटनाको विरोध गर्दै तीन बुँदे निर्णय सार्वजनिक गरेको छ। काठमाडौंको कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकले पहिलो बुँदामा महिलामाथि भइरहेका हत्या, बलात्कार, अपहरण र हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसमा संलग्न दोषीमाथि […]

मन्त्रिपरिषदका २९ निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत […]

राष्ट्रियसभामा अल्पमतमा पर्‍यो ओली सरकार, जसपाद्वारा समर्थन फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा अल्पमतमा परेको हो । भूमि विधेयकमा समेटिएका विषयवस्तुमाथि असहमति जनाउँदै जसपा नेपालले समर्थन फिर्ता लिएको हो । […]

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार राष्ट्रिपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रह गराएका हुन् । उनी मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी थिइन् ।

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ ग्रहण आज

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय […]

न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। राजकुमार गुप्ताको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएसंगै सो मन्त्रालयको जिम्मेवारी एमाले सांसद न्यौपानेलाई दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) अनुसार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयकी […]

अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ । एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो । ‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत […]

अन्तत: घुस डिल अडिओमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौँ । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए। ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब […]

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले आज राष्ट्रिय सभामा निजामती विधेयक प्रस्तुत गर्ने

काठमाडौँ । कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार राष्ट्रियसभाको बैठकमा निजामती विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्ने भएका छन् । मन्त्री गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल […]