काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । आइतबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै उनले अब उप्रान्त निर्वाचनमा उम्मेदवार नबन्ने र पदको राजनीतिमा नरहने स्पष्ट पारेका हुन् । तर, यसको अर्थ राजनीतिबाट हराउनु नभई जनताको अधिकार र पहिचानका लागि सडक र सदन बाहिरबाट निरन्तर सङ्घर्ष गरिरहने उनले बताएका […]
राजनीति
आदर्श भाइ त्यो पद नलिऊ, प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाइदेऊ- महावीर पुन
काठमाडौँ । पूर्वशिक्षामन्त्री एवम् म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा मनोनीत भएका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई उक्त पद नलिन आग्रह गरेका छन्। आइतबार प्रधानमन्त्री कार्कीले कोषको अध्यक्षमा आफ्नै स्वकीय सचिवलाई मनोनीत गर्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। उनले प्रधानमन्त्री […]
कांग्रेसले निर्वाचन आयोगमा बुझायो समानुपातिकतर्फ २० उम्मेदवारको नाम (नामसहित)
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची निर्वाचन आयोगमा पठाएको छ । जहाँ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरिएको छ । कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले खस आर्यबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिए । आयोगले समानुपातिकतर्फको सूची बुझाउन आजसम्मको समयसीमा […]
हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र
काठमाडौँ । नेपाली कांग्रेसले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई परिपत्र गर्दै तत्काल अनुशासन समिति गठन गर्न र हारको कारण खोजेर केन्द्रमा पठाउन निर्देशन दिएको हो। महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप […]
नियुक्त नहुँदै बालेनले बनाए ‘प्रधानमन्त्री’को इमेल, चौतर्फी आलोचना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल समावेश गरेका छन् । आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल ([email protected]) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याएसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सो पार्टीले विधान […]
समानुपातिक सांसद सिफारिस गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट […]
शेरबहादुर तामाङलाई गोकुल बास्कोटाको जवाफ– ‘म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन’
काठमाडौँ । नेकपा एमालेका नेताद्वय गोकुल बास्कोटा र शेरबहादुर तामाङबिच आरोप प्रत्यारोप भएको छ । तामाङ सार्वजनिक रूपमा आफूमाथि जाइलागेको भन्दै सामाजिक सञ्जालमार्फत बास्कोटाले आक्रोश पोखेका हुन् । उनले भनेका छन्– ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारि फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लागेछन। म तपाईँ जस्तो फगत […]
चुनावमा अन्तर्घात गर्नेबिरुद्ध कारबाही गर्न कांग्रेसले थाल्यो प्रारम्भिक अध्ययन
काठमाडौं । नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गर्नेहरु माथि प्राप्त उजुरीहरु माथि प्रारम्भिक अध्ययन सुरु गरेको छ । तारामान गुरुङ संयोजक रहेको अनुशासन समितिको शुक्रबार बसेको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको हो । अनुशासन समितिलाई बारा, बैतडी, सिन्धुली, नवलपरासी लगायतका जिल्लाबाट उजुरी प्राप्त भएको छ । २१ फागुनमा भएको चुनावमा कांग्रेसको उम्मेदवारलाई […]
पार्टी र उम्मेदवारले चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्नू : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम निर्वाचन प्रचार प्रसारमा गरेको […]
७ दिनभित्र निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन नेकपाको निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र समीक्षाका लागि सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका समितिलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले मातहतका कमिटीलाई ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई यस्तो निर्देशन दिइएको हो। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र […]











