इरानले आणविक क्षमता पुनर्निर्माण नगरेको अमेरिकी गुप्तचर निकायको खुलासा, ट्रम्पको दाबीमाथि प्रश्न

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशनालयकी निर्देशक तुलसी गब्बार्डले इरानले आफ्नो आणविक संवर्द्धन क्षमता पुनर्निर्माण नगरेको खुलासा गरेकी छिन्। बुधबार अमेरिकी सिनेटको गुप्तचर समितिलाई बुझाइएको लिखित प्रतिवेदनमा गब्बार्डले गत वर्ष अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको र त्यसलाई ब्युँताउने कुनै प्रयास नभएको उल्लेख गरेकी छिन्। यो खुलासाले राष्ट्रपति […]

आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौँ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र […]

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सुरक्षा प्रमुख मारिएपछि इरानले इसराइलको राजधानीमा हान्यो मिसाइल

काठमाडौँ । इरानले इसराइलको राजधानी तेल अविभमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ। मंगलबार बेलुकी तेल अविभको घना आवादी रहेको ठाउँमा इरानले मिसाइल प्रहार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस हमलालाई इरानले आफ्नो राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानीको हत्याको बदला भनेको छ। लारिजानी सोमबार इसराइलले गरेको मिसाइल आक्रमणमा मारिएका थिए। लारिजानी युद्ध सुरू […]

अभिमुखीकरण कार्यक्रममा रास्वपाका नवनिर्वाचित सांसदहरूलाई रविले के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई जनताको शासक होइन, सेवक बन्न उनको अपिल गरेका छन् । अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले निर्देशन दिए । ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सकभर सरकारी अस्पतालमै उपचार सेवा लिन उनले पार्टीका सांसदलाई अपिल गरे । […]

नेटो देशहरूले ‘हाम्रो लडाइँ होइन’ भनेपछि इरानसँगको युद्धमा एक्लिए ट्रम्प

काठमाडौं । इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो। तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन। इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ । यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्‍याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो देशहरूसँग होर्मुजको […]

रवि लामिछानेको अभियोग संसोधन फिर्तासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, फैसला बिहीबार आउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा आइतबारदेखि सुरु भएको बहस मंगलबार एक जनाको जवाफी बहस बाँकी रहेपछि उक्त रिट बिहीबार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा […]

इरानसँगको युद्ध देखाउँदै ट्रम्पले गरे चीन भ्रमण स्थगित

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्। इरानसँग जारी युद्ध देखाउँदै उनले भ्रमण ढिला गर्न चीनसँग अनुरोध गरेको जानकारी दिएका छन्। ‘अहिले हाम्रो युद्ध चलिरहेको छ। मलाई लाग्छ म यहाँ हुनु जरूरी छ,’ उनले भने। उनले आफ्नो भ्रमण कति समयका लागि पछि सार्ने भन्नेबारे चाहिँ खुलाएनन्। यसअघि चीनले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे […]

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिँदै आयोग

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित […]

कांग्रेस पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल चालिसेबाट ५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबर बैंक जमानत […]