काठमाडाैं, ३० फागुन । काठमाडौंको गौशालाबाट गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । होटल पशुपति भिजनबाट लामा प्रहरीको फन्दामा परेका हुन् । होटलमा गोली चलेको सूचनाका आधारमा पुगेको प्रहरीले लामालाई समातेको हो । उनको साथ् बाट एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । पेस्तोलसँगै […]
राजनीति
प्रदेश बोतलको बीचको भागजस्तो भयो, न अधिकार छ न बजेट
काठमाडौं, ३० फागुन । दाङका डिल्लीबहादुर चौधरी यसअघि दुईपटक सांसद भइसके । सांसदको भूमिका के हुन्छ भन्ने उनलाई राम्रै अनुभव छ । संविधानसभाका सभासद हुँदा उनले स्थानीयको मागअनुसार विकास बजेटसमेत जुटाए । यसपटक उनी प्रदेश सांसद छन् । तर खिन्न छन् । ‘केन्द्रले कानुन बनाउने, स्थानीय तहले विकास गर्ने अनि हामी प्रदेशका सांसदले के गर्ने […]
बोक्सीको आरोपमा छात्रामाथि बर्बर यातना दिँइदा रमिता बन्ने मेयर ममताप्रसादको यस्तोसम्म मनोमानी
कैलाली, ३० फागुन । कैलालीकाे घाेडाघाेडी नगरपालिका प्रमुख ममताप्रसाद चाैधरी अहिले उपचारमा छन् । अज्ञात समूहले गाेली प्रहार गरेर घाइते बनाइएका चाैधरी अहिले काठमाडाैंमा उपचा गराइरहेका छन् । गाेली प्रहार गरिएका कारण उनीमाथि केही सहानुभूती जागे पनि उनले मेयर भएर गरेका कामका बारेमा भने अहिले पनि कैलालीमा चर्काे अालाेचना हुने गरेकाे छ । केही दिन […]
जहाज दुर्घटना प्राविधिक कारणले नभर्इ व्यवस्थाको दोष : प्रकाण्ड
काठमाडौ, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राज्यकाे वैज्ञानिक र व्यवहारिक नीति नभएका कारण ठूला ठूला दुर्घटनाहरु भइरहेकाे बताएका छन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएकाे दुर्घटनाबारे विज्ञप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डले राज्यकाे नीति सही नहुनुकाे कारणले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू भएकाे बताएका छन । पूर्व पर्यटन मन्त्री समेत रहेका उनले […]
प्रेस स्वतन्त्रताको रक्षा गर्न केपी ओलीलार्इ आग्रह, क्रान्तिकारी पत्रकारको नवलपरासीमा शाखा विस्तार
नवलपरासी, २९ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । नवलपरासीकाे भूमहीमा सम्पन्न भएकाे सम्मेलनबाट शिव डुम्रेकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे छ । सम्मेलनले सचिवमा प्रतिक्षा उपाध्याय सदस्यहरु धनिराम चौधरी नैना क्षत्री, शिद्धिचरण गुप्ता, विकास आचार्य, अस्मीता गैरेलार्इ चयन गरेकाे छ । सम्मेलनमा बाेल्दै संगठनका केन्द्रीय […]
भक्तपुरमा क्रान्तिकारी पत्रकारकाे शाखा विस्तार
भक्तपुर, २९ फागुन । क्रान्तिकारी पत्रकार संगठनले भक्तपुरमा शाखा बिस्तार गरेको छ । पत्रकार रामजी भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन भएको हो । नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार संगठनले मंगलबार कौसलटारमा प्रथम राष्ट्रिय सम्मेलन अायाेजना गरेकाे हाे । सम्मेलनबाट भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन भएको हाे । साे समितिकाे उपाध्यक्षमा सन्तोष […]
शालिक ढाल्दैमा विचार ढल्दैन
‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा […]
प्रधानन्यायाधिशको गतिविधिप्रतिको प्रतिक्रिया स्वरुप सर्वोच्चका ८ न्यायाधिश तोकिएको इजलास बसेनन
काठमाडौ, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार चोलेन्द्रशमशेर जबरालाई इजलास नताेकेपछि इजलास तोकिएका ८ जना न्यायाधीशहरु मंगलबार पाैने एक बजेसम्म इजलासमा बसेका छैनन्। सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाश रावत र दीपक जोशी अहिलेसम्म तोकिएको इजलासमा गएका छैनन्। मंगलबारका लागि प्रधान र कार्कीको एउटा इजलास […]
चोरीको ३३ केजी सुन गायव काण्डमा अर्का सुन व्यवसायीको हत्या
काठमाडौं, २९ फागुन । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् । उनको शव मेची […]
बोक्सी काण्डमा मुछिएका मेयर ममताप्रसादको पेटमा गोली, टाउकोमा खुकुरी हानियो
काठमाडौँ, २८ फागुन । बाेक्सीकाे अाराेप लगाउँदै कक्षा ११ मा पढ्ने युवतीमाथि लगातार ६ घन्टा कुटिएकाे घटनाका रमिते भएकाे र सञ्चारमाध्यममा निकै गैरजिम्मेवारपूर्ण तरिकाले अन्तरवार्ता दिएकाे भन्दै अालाेचना खाएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ । उनलाई कैलालीकै सुख्खडमा रहेकाे अाफ्नै घरमा बसिरहेका बेला गाेली हानिएकाे बताइएकाे छ । सोमबार साँझ […]










