काठमाडौं, २२ मंसिर । सुरुवातमा अग्रता लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा पछि परेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलार्इ कांग्रेसकाे समर्थन पाएका राप्रपाका विक्रम पाण्डले पछाडि पारेका हुन् । पछिल्लो परिणाामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेभन्दा १४५ मतले पछि छन् । […]
राजनीति
चितवनमा प्रचण्डले सुरुदेखि नै लिए अग्रता
चितवन, २२ मंसिर । वामगठबन्धनका प्रमुख नेता तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा सुरुदेखि नै अग्रता लिएका छन् । चितवन-३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका प्रचण्डकाे सुरुवातदेखि नै अग्रता अाएपछि वामगठबन्धनका कार्यकर्ताहरु खुसी देखिएका छन् । उनीहरुले याे अग्रता कायमै रहने दावी गरेका छन् । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका […]
गगन थापा अाउन सकेनन् अगाडि, विवेकशील साझाकी सुबुनुकाे पनि जम्मा ४३ मत
काठमाडौं, २२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले […]
रविन्द्र मिश्र र प्रकाशमानबीच रोचक प्रतिष्पर्धा, यस्तो छ प्रारम्भिक मतपरिणाम
काठमाडाैं, २२ मंसिर। बिहीबार सम्पन्न काठमाडाैंकाे निर्वाचनकाे प्रारम्भिक परिणाम अाउन सुरु गरेका छन् । काठमाडाैमा सबैभन्दा बढी ध्यान तानेकाे छ १ नम्बर निर्वाचन क्षेत्रले । प्रारम्भिक मत परिणाम अनुसार काठमाडाैं १ मा यसअघि चर्चा गरिएका कांग्रेसका प्रकाशमान सिंहले पत्रकारिता छाडेर राजनीतिमा फड्काे हानेका रविन्द्र मिश्रकाबीच कडा प्रतिस्पर्धा चलिरहेकाे छ । अहिलेसम्मकाे मत परिणाम अनुसार प्रकाशमानसिंहले […]
देउवाको जिल्लामा मतपेटिका सदरमुकाम ल्याउन नै कठिन, मतपेटिका बोकेको गाडीमा बम प्रहार
धनगढी, २२ मंसिर । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा कर्मचारी र प्रहरीको भागाभाग परेको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । डडेल्धुरामा मतपेटिका संकलन गर्न नै निकै कठिन भइरहेकाे बताइएकाे छ । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको […]
रुकुम फेरि माओवादी केन्द्रको एकलौटी, जनार्दन ठूलो मत अन्तरले विजयी
काठमाडौं, २२ मंसिर । रुकुममा माअाेवादी केन्द्रले सबै पदमा विजय हासिल गर्ने भएकाे छ । नयाँ संरचना अनुसार विभाजित भइ दुर्इ जिल्ला भएकाे रुकुमका दुबै जिल्लामा माअाेवादीले एकलाैटी जित हासिल गर्ने भएकाे हाे । पूर्वी र पश्चिम रुकुम दुबैबाट प्रतिनिधि सभाका लागि माअाेवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने पूर्वी रुकुमकाे प्रदेश सभामा पनि माअाेवादी […]
कांग्रेसले पनि खोल्यो पहिलो खाता, वाम गठबन्धनलार्इ पराजित गर्दै घले विजयी
काठमाडाैं, २२ मंसिर । सबैतिर मतगणनामा पछाडि परिरहेकाे नेपाली कांग्रेसले पहिलाे खाता मनाङबाट खाेलेकाे छ । हिमाल पारीकाे जिल्ला मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले वाम गठबन्धनका धाेर्जे डण्डुललार्इ पराजित गरी विजयी बनेका छन् । चिन्तबहादुर नेपाली कांग्रेसबाट मनाङ प्रदेश क मा उम्मेदवार बनेका थिए । उनले ९ सय ९८ मत प्राप्त गरी एमालेका धोर्जे […]
प्रतिनिधि सभामा पनि एमालेले खोल्यो पहिलो खाता
काठमाडाैं, २२ मंसिर । वामगठबन्धनले प्रतिनिधि सभामा पनि पहिलाे खाता खाेलेकाे छ । वाम गठबन्धनबाट मुस्ताङमा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले जित हासिल गरेका छन् । यसअघि प्रदेश सभा सदस्यमा मुस्ताङ प्रदेश क बाट एमालेकै इन्द्रधारा बिष्टले विजय हासिल गरेका थिए । एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएर विजयी भएका हुन् । […]
मुस्ताङबाट वाम गठबन्धनले खोल्यो पहिलो खाता
काठमाडौं, २१ मंसिर । वाम गठबन्धनले अाफ्नाे जितकाे पहिलाे खाता हिमाली जिल्ला मुस्ताङबाट खाेलेकाे छ । वाम गठबन्धनबाट चुनाव लडेका नेकपा एमाले प्रदेशसभाका उम्मेदवार इन्द्रधारा बिष्टले हिमाल पारीकाे जिल्ला मुस्ताङकाे प्रदेश क बाट जित हासिल गरेका हुन् । उनी यससँगै पहिलाे निर्वाचित प्रदेश सभा सदस्य बनेका छन् । मुस्ताङमा मंसिर १० गते निर्वाचन सम्पन्न भएकाे […]
बाबुरामले फेरि जम्प गरे, काजी परे पछाडि
गोरखा, २१ मंसिर । जारी मत गणनाको ताजा परिणामअनुसार क्षेत्र नम्बर-२ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछी पारेका छन् । भट्टराईले ८३० मत ल्याउँदा श्रेष्ठ ७६६ मै सिमित हुन पुगेका छन् । सुरुवाती चरणमा अगाडि अाएको श्रेष्ठ अहिले पछी परेका छन् । अब लगातार बाबुरामले नै अग्रता लिने विश्वास गरिएको […]











