काठमाडौं, २३ मंसिर । काठमाडाै निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसीले जित हासिल गरेका छन् । दाेस्राे संविधान सभामा नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ पराजित गरेका केसीले यसपटक पनि वाम गठबन्धन नै बनाएर उम्मेदवार बनेका माकेका नेता हितमान शाक्यलार्इ पराजित गरेका छन । केसीले शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले […]
राजनीति
रविन्द्र मिश्र पराजित, विवेकशील साझालार्इ राष्ट्रिय पार्टी बनाउने सम्भावना तुहियो
काठमाडाैं, २३ मंसिर । निकै चासाेका साथ हेरिएकाे काठमाडाै निर्वाचन क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र पराजित भएका छन् । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रलार्इ नेपाली कांग्रेसका प्रकाशमान सिंहले पराजित गरेका हुन् । कांग्रेस नेता प्रकाशमान सिंहले मिश्रलार्इ ७ सय १९ मतकाे अन्तरले मात्र पराजित गरेका छन् । सिंहले १० हजार ९ सय ३७ […]
एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढ्ने नेकपाको उदघोष
काठमाडाैं, २२ मंसिर । चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति नहुँदासम्म एकीकृत जनक्रान्ति दिशामा निरन्तर अगाडि बढ्ने जनाएकाे हाे । नेकपाका महासचिव विप्लवले एक विज्ञप्ती […]
बाबुरामको अग्रता बढ्दै जान थालेपछि गोरखामा विवाद, मतगणना स्थगित
गोरखा, २२ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ र माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका बीचकाे भिडन्त राेचक बनेकाे छ । सुरुमा केही समय अगाडि देखिएका वामगठबन्धनका उम्मेदवार श्रेष्ठ पछिल्लाे समय लगातार पछि पर्दै गएका छन् । यसैबीच गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यमिक विद्यालयको केन्द्रमा मुचुल्कामा […]
प्रचण्डले बिक्रम पाण्डेसँगको मतअन्तर घटाए तर सकेनन् उछिन्न
काठमाडौं, २२ मंसिर । सुरुवातमा अग्रता लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा पछि परेका छन् । केही समयअगाडिकाे भन्दा प्रचण्डले प्रतिद्वन्द्वी विक्रम पाण्डेसँगकाे दुरी घटाउँदै गएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलार्इ कांग्रेसकाे समर्थन पाएका राप्रपाका विक्रम पाण्डले पछाडि पारेका छन् । पछिल्लाे मत परिणाम […]
चितवनमा प्रचण्डलार्इ पछाडि पार्दै अघि बढे राप्रपाका बिक्रम पाण्डे
काठमाडौं, २२ मंसिर । सुरुवातमा अग्रता लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा पछि परेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलार्इ कांग्रेसकाे समर्थन पाएका राप्रपाका विक्रम पाण्डले पछाडि पारेका हुन् । पछिल्लो परिणाामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेभन्दा १४५ मतले पछि छन् । […]
चितवनमा प्रचण्डले सुरुदेखि नै लिए अग्रता
चितवन, २२ मंसिर । वामगठबन्धनका प्रमुख नेता तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा सुरुदेखि नै अग्रता लिएका छन् । चितवन-३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका प्रचण्डकाे सुरुवातदेखि नै अग्रता अाएपछि वामगठबन्धनका कार्यकर्ताहरु खुसी देखिएका छन् । उनीहरुले याे अग्रता कायमै रहने दावी गरेका छन् । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका […]
गगन थापा अाउन सकेनन् अगाडि, विवेकशील साझाकी सुबुनुकाे पनि जम्मा ४३ मत
काठमाडौं, २२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले […]
रविन्द्र मिश्र र प्रकाशमानबीच रोचक प्रतिष्पर्धा, यस्तो छ प्रारम्भिक मतपरिणाम
काठमाडाैं, २२ मंसिर। बिहीबार सम्पन्न काठमाडाैंकाे निर्वाचनकाे प्रारम्भिक परिणाम अाउन सुरु गरेका छन् । काठमाडाैमा सबैभन्दा बढी ध्यान तानेकाे छ १ नम्बर निर्वाचन क्षेत्रले । प्रारम्भिक मत परिणाम अनुसार काठमाडाैं १ मा यसअघि चर्चा गरिएका कांग्रेसका प्रकाशमान सिंहले पत्रकारिता छाडेर राजनीतिमा फड्काे हानेका रविन्द्र मिश्रकाबीच कडा प्रतिस्पर्धा चलिरहेकाे छ । अहिलेसम्मकाे मत परिणाम अनुसार प्रकाशमानसिंहले […]
देउवाको जिल्लामा मतपेटिका सदरमुकाम ल्याउन नै कठिन, मतपेटिका बोकेको गाडीमा बम प्रहार
धनगढी, २२ मंसिर । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा कर्मचारी र प्रहरीको भागाभाग परेको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । डडेल्धुरामा मतपेटिका संकलन गर्न नै निकै कठिन भइरहेकाे बताइएकाे छ । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको […]










