माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन, फागुनमा पनि नयाँ सरकार नबन्ने सम्भावना

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन सरकारलाई प्रस्ताव गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २५ गते गराउन आयोगको प्रस्तावमिति घोषणाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आयोगसँग गरेको परमार्शमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको उक्त मिति प्रस्ताव गरेका हुन् । आयोग सचिवालयले सरकारबाट मिति घोषणा भएको दिनबाट निर्वाचनको दिनसम्म […]

एमालेसँग एकता छिटो गर्ने भन्दै माओवादी केन्द्रले बनायो कार्यदल, अन्तर्घातकाे छानविन गर्न पनि समिति

काठमाडाैं, १८ पुस । नेकपा एमालेसँगको पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय माओवादी केन्द्रले गरेको छ । वाम गठबन्धनको एजेन्डा र पार्टी एकतालाई आम जनताले अनुमोदन गरिसकेको भन्दै एकता प्रक्रियालाई गति दिने निर्णय भएको सो पार्टीले जनाएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा आज दिउँसो बसेको केन्द्रीय कार्यालय बैठकपछि प्रवक्ता पम्फा […]

प्रहरीसँगको झडपमा एमालेको विद्यार्थी संगठनका उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।     अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।      […]

केपी ओलीको चुनाव खर्च कृष्ण सिटौलाको भन्दा १ लाख बढी, हेर्नुहाेस कसले कति खर्च गरे

झापा, १८ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा […]

विद्यार्थीले हिर्काएको ढुङ्गा लागेर एक प्रहरी घाइते, रिसाएको प्रहरीले लाठी बर्साउँदा ६ विद्यार्थी घाइते

काठमाडौँ । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, शेखर बोहोरालगायत दर्जन नेता कार्यकर्ता रहेको सचिव आरसी लामिछानेले जानकारी दिए । त्यस्तै विद्यार्थीको ढुङ्गा प्रहारबाट प्रहरी जवान देवेन्द्र चन्द घाइते भएका […]

वाम गठबन्धन नफुटेसम्म समानुपातिकको परिणाम घोषणा नगर्ने आयोगले प्रतिवद्धता गरिसकेको अमरेशको दावी

काठमाडाैं, १८ पुस । वाम गठबन्धन नटुटेसम्म निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम प्रकाशित नगर्ने समझदारी भएको कांग्रेस नेता अमरेशकुमार सिंहले वताएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ललितपुर पुगेर फर्केका सिंहले निर्वाचन आयोग, भारतीय राजदूत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच यस्तो सहमति भएको आफ्ना निकटवर्तीसँग यस्तो वताएका हुन् । निर्वाचन आयोगले आफूहरुसँगको […]

काठमाडौंमा एमाले कार्यकर्ता र प्रहरीबीच ठूलो झडप, महेश बर्तौला गम्भीर घाइते

काठमाडौं, १८ पुस । निर्वाचन आयोग, सरकार र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्विको विरुद्धमा उत्रिउको एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन तथा पुत्ला दहन गर्दा त्रिचन्द्र क्याम्पस अगाडि तनावग्रस्त भएको छ । सडक कब्जा गरी नाराबाजी गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भई उक्त क्षेत्र तनावग्रस्त भएको हो । प्रहरीले उक्त क्षेत्रमा अश्रुग्याँस समेत प्रहार गरेको […]

माओवादी केन्द्रको गोप्य बैठकले पार्टी एकता, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्षबारे गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारिक बैठक मंगलबार दिउँसो सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ । ‘एमाले अध्यक्ष ओली […]

एकता गर्नै चाहेको भए पदको लोभमा नलाग्न एमाले नेताको आग्रह

भक्तपुर, १८ पुस । एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पद भन्दा पनि कम्युनिस्टहरुका बीच साँच्चिकै एकता चाहेको भए पद नखोज्न आग्रह गरेका छन् । पार्टी एकीकरणभन्दा पद महत्वपूर्ण नभएको स्पष्ट पार्दै पदलाई बार्गेनिङको आधार बनाउन नहुने उनको जोड छ । भक्तपुरमा रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई […]

किमले दिए यस्तो खतरानाक चेतावनी, ‘आणविक हतियारको साँचो सधैँ मेरो टेबलमा छ’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ […]