काठमाडौँ, १५ बैशाख । एकताका लागि सहमति जुटाउन हम्मेहम्मे परेका बेला एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा पार्टी एकताकै विषयमा छलफल भएको माओवादी स्रोतले जनाएको छ । २ पार्टीबीच तिक्तता बढेकाबेला २ नेताहरुबीच झण्डै […]
राजनीति
पूर्वसभासद् तथा कम्युनिस्ट पार्टीकी नेतृ गिरफ्तार
काठमाडौं, १४ बैसाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट महिलाहरुको संगठन महासचिव उपाध्यायलाई प्रहरीले विहीबार काठमाडौंबाट गिरफ्तार गरेको अनेम संघ (क्रान्तिकारी) ले बताएको छ । पूर्वसभासद् समेत रहेकी उपाध्यायलाई संगठनको कामको क्रममा गिरफ्तार गरेको बताइएको छ । शान्तिपूर्ण महिला अधिकारको पक्षमा काम […]
उपसभापतिमा कांग्रेसका २ नेताको दाबी, कसलाई रोज्लान् देउवा ?
काठमाडौं, १४ बैसाख । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको बताए । गच्छदारअघि […]
फरार डिएसपी सञ्जय राउतलाई पक्राउ गर्न देशभर आन्तरिक सर्कुलर, कहाँ छन् राउत ?
काठमाडौं, १३ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बातायो। बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो। तर बयान दिदै […]
नेकपामाथि ब्यापक दमनमा उत्रियो ओली सरकार, २ सेक्रेटरीसहित एकैदिन आधा दर्जन नेता गिरफ्तार
बिनिता सिंह, काठमाडौं । देशमा फरक सत्ताको अभ्यास गरिरहेका नेपाल कम्युनिस्ट पार्टीमाथि केपी ओली सरकारले धरपकड र गिरफ्तारी व्यापक बनाएको छ । बुधबार मात्रै प्रहरीले नेकपाका २ सेक्रेटरीसहित आधा दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ । पार्टीको आन्तरिक कार्यक्रम र सांगठनिक कामका सिलसिलामा आफ्नो कार्यक्षेत्रमा खटिएका नेता कार्यकर्ताहरुमाथि प्रहरीले निगरानी बढाएर गिरफ्तार गर्न थालेको सो पार्टीले जनाएको […]
अन्ततः प्रचण्ड र केपी ओलीबीच यस्तो सहमती, एमाले–माके कार्यकर्ता खुसीले गदगद
काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । मंगलबार भएको छलफलका क्रममा दुवै अध्यक्षले २ पार्टी एकता घोषणाको मिति तय गरेको छ । स्रोतका अनुसार ओली-प्रचण्डले लेलिन जयन्तीका दिन भएको विवादको टुंगो लगाउँदै सरप्राइज दिन ५ मे अर्थात मार्क्स जन्मजयन्तीको […]
बयान दिदाँ दिदै डिएसपी गृहबाटै गायव, सुन काण्ड र सनम हत्या प्रकरण झनै रहस्यमय बन्यो
काठमाडौं, १२ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासि बेपत्ता भएका छन् । बयान नसकिँदै मंगलबार अपरान्ह राउत बेपत्ता भनेपछि घटनामा नयाँ रहस्यमय मोड आएको छ भने छानविन समितिका सदस्यहरूमाथि शंका उब्जिएको छ । उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा […]
आज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडौं, ११ बैसाख । आज वैशाख ११ गते, लोकतन्त्र दिवसको सम्झना गरिँदैछ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाईँदैछ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ […]
भाउजुका ‘टीके’बिरुद्ध ५ भाईको उजुरी ! अब के हुन्छ ?
काठमाडौं, ११ वैशाख । टीका लगाएर भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका नैनसिंह महर विरूद्ध उनका ५ उपाध्यक्षले पार्टीका सभापति शेरबहादुर देउवालाई उजुर गरेपछि विवाद चुलिएको छ । यद्यपि, उक्त उजुरी कार्यान्वयन नहुनेमा महर ढुक्क छन् । किनभने सभापतिपत्नी आरजु राणाको बलमा उनी संगठनको अध्यक्ष बनेका थिए । कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाको […]
नयाँ शक्ति नेतृ भण्डारीसहित १७५ नेता कार्यकर्ताद्वारा पार्टी परित्याग
काठमाडौँ, १० बैसाख । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुरामलाई फेरी झट्का लागेको छ । एकपछि अर्को गर्दै नयाँ शक्तिका नेताहरुले पार्टी परित्याग गर्न थालेका छन् । सोमबार मात्रै नयाँ शक्ति पार्टीकी नेतृ तथा पूर्वराज्यमन्त्री लीला भण्डारीले पार्टी परित्याग गरेकी छिन । साथै उनि सोमबार नै एमाले प्रवेश गरेकी छन्। २०६४ सालको […]