बालाजु नयाँ बसपार्क नजिकैबाट २ थान पेस्तोलसहित सात जना पक्राउ

काठमाडौं, २१ भदौ । महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले काठमाडौंको माछापोखरीबाट शनिबार २ थान पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार दिउँसो साढे ४ बजे  पक्राउ गरिएको बताइएको छ ।

पक्राउ गरिएकालाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ । समातिएकाहरूले पेस्तोल के प्रयोजनका लागि बोकेका थिए भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान गरेपछि पक्राउ गरिएकाहरूलाई सार्वजनिक गर्ने जनाएको छ । स्रोतका अनुसार पक्राउ परेकाहरु माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर चन्दा उठाउने र गुण्डागर्दी गर्दै हिड्नेहरु रहेका थिए । 

 

Loading...