काठमाडौं, ३ भदौ । अस्थायी, इसीडी शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न प्रयास भइरहेका बेला सरकारले शिक्षा सचिवको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव खगराज बराललाई सरुवा गरेको हो । बराललाई शिक्षाबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गरी शिक्षामा महेशप्रसाद दाहाललाई सरुवा गरिएको छ । दाहाल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]
राजनीति
कर्मचारीको मनोबल खस्किन दिँदैनौँ : मन्त्री पण्डित
काठमाडौँ, ३ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानबमोजिम तीनै तहमा कर्मचारीको समायोजन गरिएको र उनीहरुको मनोबल उच्च बनाउन तलब, भत्तालगायत कानूनमा व्यवस्था गरी अन्य सुविधासमेत प्रदान गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले समायोजनमा गएका कर्मचारीको वृत्ति विकासको सुनिश्चिता गरिएको र विदेश अध्ययन एवम तालीमको व्यवस्थासमेत […]
फेसबुकमा भिडियो पोस्ट गरेर केपी, प्रचण्ड र देउवालाई मार्छु भन्ने पक्राउ
काठमाडौं, ३ भदौ । सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रमका प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछानेको गिरफ्तारीले आक्रोशित भई सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरुलाई सरकारले धमाधम पक्राउ गर्न थालेको छ । यसैक्रममा प्रहरीले रविको पक्ष लिँदै प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रमुख नेताहरुलाई गाली गर्ने एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिमराका सागर मैनाली रहेका […]
‘भागबण्डामा पदाधिकारी नियुक्तिले प्राज्ञिक छवि ध्वस्त’
काठमाडौँ, ३ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा काठमाडौँ उपत्यकाको सडकको अवस्था, विश्व विद्यालयका पदाधिकारीको नियुक्ति, कर्मचारी भर्नामा समानुपातिक र समावेशी सिद्धान्तलगायतका विविध विषयबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले तुलानात्मक सुधार भए पनि सन्तोष गर्ने अवस्था नभएकाले काठमाडौँ उपत्यकाभित्रका सडक सुधारमा आवश्यक ध्यान पु¥याउन सरकारलाई सुझाव दिए । उनले भने “कलङ्की–नागढुङगा […]
प्रहरीमाथि हातपात गरिएको विमानस्थल घटनाको पूरै छानविन गर्न निर्देशन, पारसले माफी माग्दै देखाए अझै आक्रोश
काठमाडाैं । त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतमाथि पूर्वयुवराज पारस शाहले गरेकाे दुर्व्यवहारबारे प्रहरीले छानविन थालेकाे छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना के कसरी भएको हो त्यसबारे विस्तृत छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई निर्देशन दिएकाे हाे । प्रहरी नायब महानिरीक्षक शैलेश थापाले आइतबार पूर्वरानी कोमल शाहको थाइल्याण्ड प्रस्थानका क्रममा पूर्वयुवराज शाहले प्रहरीमाथि के […]
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ: प्रचण्ड
जनकपुरधाम, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको […]
फेरि जलाइयो एनसेलको अर्को टावरमा, विप्लवमाथि आगजनीको आरोप
दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ […]
निर्वाचन आयोग किन गर्दैछ ५० पदका लागि ४० करोड खर्च
काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई […]
विकासको श्रृङ्खला चलाउन गाउँपालिकाले नै सुरु गरे पञ्चवर्षीय योजना
कञ्चनपुर, ३ भदौ । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत […]
मन्त्रिपरिषद बैठकमा फेरि रोकियो बहुप्रतिक्षित नयाँ शिक्षा नीति,
काठमाडौं । सोमवार मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूची रहेको र बुधवारकै बैठकले पारित गर्ने जनाएको छ । सोमबारको बैठकमा […]











