जाँदाजाँदै देउवाले भने, ‘बलप्रयोग गरेको भए देश ठूलाे हिंसा र अस्थिरताकाे चुस्चक्रमा हुन्थ्यो, गरिन राजिनामा दिए’

काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे पदबाट राजीनामा दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । २४ जेठमा प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाकाे प्रधानमन्त्रित्वमा स्थानीय तह तथा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाकाे निर्वाचन सम्पन्न भयाे । अाफ्नाे सम्वाेधानमा पनि देउवाले […]

देउवाले राजीनामा दिँदादिदै ओलीको ‘इन्ट्री’

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रम देउवाले राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएको  राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी गराए । निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा […]

राष्ट्रपति भण्डारीले गरिन केपी ओलीलार्इ प्रधानमन्त्रीमा नियुक्त

काठमाडाैँ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । नेपाली कां‌ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अाजै अाफ्नाे पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले अाेलीलार्इ ४१ अाैं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकाे पत्र पठाइसकिएकाे छ […]

प्रचण्डले माअाेवाद पनि छाेडेपछि एमाले-माकेबीच एकता टुङ्गियो, केपी र प्रचण्ड दुबै अध्यक्ष हुने

काठमाडाैँ, २ माघ । नेकपा एमाले र माअाेवादी केन्द्रबीच एकताकाे अन्तिम खाका तयार भएकाे छ । दुर्इ पार्टीकाे उच्च तहमा भएकाे छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएकाे छ । बुधवार दिनभर केपी अाेली र प्रचण्डबीच दुर्इ तीन चरणमा एक्ला एक्लै र अाअाफ्ना पार्टीमा अलग अलग छलफल गरी याे खाका टुङ्गाे लागेकाे […]

एमाले-माके एकता एकताको अन्तिम चरणमा, आजै टुंगिने नेता भीम रावलको भनाई

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउने बताएका छन । ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले एकताका विविध पक्षमा छलफल भइरहेको जानकारी गराए । उनले भन्नुभयो, “दुई अध्यक्ष समान समान […]

एकीकृत पार्टीको केन्द्रीय समितिमा ९९ जना मात्र राख्ने केपी र प्रचण्डबीच सहमति

काठमाडौं, २ फागुन । एमाले र माओवादीका शीर्ष नेता एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड २ अंकको केन्द्रीय समिति बनाउन सहमत भएका हुन् । हाल एमालेमा दुई सय र माओवादीमा करिव चार हजार केन्द्रीय सदस्य छन् । हिजो ललितपुरमा भएको ‘वान टू […]

प्रदेश ६ मा एमालेले मुख्यमन्त्रीमा आलोपालोको माग गरेपछि चर्कियो एमाले–माके विवाद

सुर्खेत, २ फागुन । यसअघि ४ प्रदेशमा एमाले र २ प्रदेशमा माअाेवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति गरेकाे नेकपा एमालेले प्रदेश नम्बर ६ मा भने त्याे सहमति ताेड्ने देखिएकाे छ । प्रदेश नं. ६ मा यसअघि गरिएकाे सहमति विपरित एमालेले आलोपालो मुख्यमन्त्रीको नेतृत्व गर्ने प्रस्ताव सारेपछि दुर्इ पार्टीका बीचमा विवाद बढेकाे छ । एमालेले दुर्इ पार्टीले […]

विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध कठोर र निर्मम सङ्घर्ष नगरी विजय सम्भव छैन

हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यतिबेला क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा देखापरेका दुई गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने भएको छ । ती प्रवृत्ति हुन्– विसर्जनवाद र आत्ससमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई प्रवृत्तिमाथि विजय हासिल नगरी क्रान्तिमा विजय हासिल गर्न सम्भव छैन । तसर्थ, सबै क्रान्तिकारीहरूले यी […]

मोहन बैद्यको जिल्लामा किरणले गरे विप्लवसँग संयुक्त सभा

प्यूठान, १ फागुन । मुलुकमा क्रान्तिकारी कम्यूनिष्ट पार्टीहरुबीचको ध्रुविकरणको बहस चलिरहेका बेला मोहन वैध्य ‘किरण’को गृहजिल्ला प्यूठानमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माअोवादी)ले संयूक्त रुपमा जनयुद्घ दिवस मनाएका छन् । कार्यगत एकता र संयूक्त संघर्षका कार्यक्रमबारे यसअघि विभिन्न चरणमा छलफल गरेका दुई पार्टीले २३ अौं जनयूद्घ दिवसको अवसरमा बाग्दुलादेखि विजुवारसम्म र्यालि गरी विजुवार मित्रमणि […]

पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट, किराती र अाहुती विप्लव-बैद्यको कार्यक्रममा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्‍वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी […]