नेपालबाट उत्तर कोरियाको प्योङ्याङ झन्डै चार हजार किलो मिटर टाढा छ। क्युबाको हवाना त्यसको तीनगुना र भेनेजुएलाको कराकस झन्डैझन्डै चारगुना पर पर्छ। राष्ट्रसङ्घको कडा नाकाबन्दी खेपिरहेको उत्तर कोरिया र अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको भेनेजुएला र क्युबासँग नेपालका वामपन्थी दलहरू र नेताको हिमचिम छ। ती देशहरुसँग नेपालको सम्बन्धले बेलाबेलामा घरेलु राजनीतिलाई समेत तरङ्गित तुल्याउने गरेको छ। आफ्ना ठूला […]
राजनीति
जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा
पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे । कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ […]
राष्ट्रिय दिवस, संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप स् प्रधानमन्त्री ओली
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरे ।ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गरे । आज […]
सरुवामा परेका यी प्रधानमन्त्री कार्यालयदेखि प्रदेशका मुख्यसचिवसम्म (को कहाँ परे पूरा सूची)
काठमाडौं, ४ भदौ । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले एकाएक सचिवहरुको सरुवा गरेको हो । कतिपय सचिवहरुको सरुवा सम्बन्धित मन्त्रीलाई जानकारी नदिएरै गरिएको भन्दै सोमवारको मन्त्रिपरिषदमा विवाद पनि भएको बताइएको छ । पछिल्लो समय मन्त्रालयहरुमा मन्त्री र सचिवका बीच कार्यसम्पादन सम्झौता गर्ने अभ्यासको थालनी गरेको छ । एक […]
नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि
काठमाडौँ, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल […]
‘नेपालविरुद्ध लगाइएको भारतीय नाकाबन्दीका लागि जयशङ्करले पश्चात्ताप गर्नुपर्छ’
बुधवार नेपाल आउने भारतीय विदेशमन्त्री एस जयशङ्करका लागि यो भ्रमण ‘आफ्नो नमिठो विगत बिर्साउँदै द्विपक्षीय सम्बन्ध विस्तारका लागि विश्वसनीयताको वातावरण स्थापित गर्न महत्त्वपूर्ण हुने’ नेपाल मामिलाका एक भारतीय विज्ञले बताएका छन्। भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु गरेपश्चात् बुधवार नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ भारतीय नेता हुन्। तर एस जयशङ्करको नामसँगै धेरै नेपालीहरू […]
भदौ ६ गते गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिइने
धनगढी, ४ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त […]
अघि बढ्यो सङ्घीय संसद् भवन निर्माण प्रक्रिया
काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगँैचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो । हालसम्म १७ कम्पनीले आवेदन दिइसकेका छन् । तीमध्येबाट कम्पनी छनोट गरेर काम […]
राजधानीमै सडकमा बनेका पोखरी छिचोल्दै यात्रा गर्न बाध्य यात्रु
काठमाडौँ, ४ भदौ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी कालोपत्र गर्न आयोजना र जनप्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नहुँदा यात्रुहरू सडकमा बनेका पोखरी छिचोल्दै यात्रा गर्न बाध्य छन् । सडक विस्तार गर्न ठेक्का गरेको समय सकिएर थपिएको म्याद पनि सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । यात्रु भने पानी परेका बेला पोखरी र घाम लागेका […]
‘भ्रष्टाचारसम्बन्धी १५०० घटनामा विस्तृत अनुसन्धान’
काठमाडौँ, ३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आज आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सबैभन्दा बढी ३५१ […]








