पोखरा, २२ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गरे । सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा […]
राजनीति
विकास र समृद्धिको मुख्य आधार पर्यटन ः मुख्यमन्त्री राउत
महोत्तरी, २१ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् । बर्दिवासमा आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताए । […]
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
काठमाडौँ, २१ भदौ । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा […]
बालाजु नयाँ बसपार्क नजिकैबाट २ थान पेस्तोलसहित सात जना पक्राउ
काठमाडौं, २१ भदौ । महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले काठमाडौंको माछापोखरीबाट शनिबार २ थान पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार दिउँसो साढे ४ बजे पक्राउ गरिएको बताइएको छ । पक्राउ गरिएकालाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ । समातिएकाहरूले पेस्तोल के प्रयोजनका लागि बोकेका थिए भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान गरेपछि […]
‘उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी’
काठमाडौँ, २१ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन् । समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड […]
लोकसेवाले निकाल्यो खरिदारको १४ केन्द्रकै नतिजा (हेर्नुहोस पूरा नतिजा)
काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले भदौ १६ गतेदेखि नतिजा प्रकाशन सुरु गरेको हो । १७ गते मंगलबार बाग्लुङ केन्द्रको नतिजा निकालेको आयोगले अहिलेसम्म इलाम, धनकुटा, दिक्तेल, जलेश्वर, हेटौडा, काठमाडौं, बाग्लुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर केन्द्रको […]
काङ्ग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानमा एकरुपता कायम गरिँदै
काठमाडौँ, २१ भदौ । नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्ने भएको छ । यही भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अवधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाका केन्द्रीय समितिलाई अधिवेशन तयारी समितिमा […]
सरकार मिडियामैत्री वातावरणको पक्षमाः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ, २१ भदौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताएका छन् । पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उनले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताएका हुन् । वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको […]
एमालेबाट मेयरका उम्मेदवार, ज्यान मार्ने उद्योगमा कारागार चलान
राजविराज, २१ भदौ । रौतहटस्थित गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका शेख कलिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ। ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्त रहेका शेखलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। अदालतको आदेशपछि उनलाई पक्राउ गरी सप्तरी जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताए। शेखविरुद्ध २०५८ सालमा […]
१५ हजार रोपनीे सार्वजनिक जग्गा अतिक्रमण
पर्वत, २१ भदौ । उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांश मालढुङ्गा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्ब्जाउ जग्गा रहेको […]










