राष्ट्रपतिसँग आइरिस सभामुखको भेट

काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेल ( क्भबल इ ँभबचनजबष्)ि ले आज शिष्टाचार भेटघाट गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । उक्त अवसरमा नेपाल तथा आयरल्याण्ड […]

‘विपी कोइराला सच्चा राष्ट्रवादी नेता’

काठमाडौँ, २४ भदौ । नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेशले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका […]

मस्को निर्वाचन: रुसको राजधानीमै राष्ट्रपति पुटिनलाई धक्का

रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीले मस्को शहरको संसद्‌का लागि भएको मतदानमा गम्भीर पराजय बेहोरेको छ। ४५ सदस्यीय संसद्‌मा लगभग एक तिहाइ सिट गुमाए पनि उक्त दलले २६ सिटमा जित्दै आफ्नो बहुमत भने कायम राखेको छ। अधिकांश विपक्षी उम्मेदवारहरू अयोग्य घोषणा गरिएपछि भएका चुनावमा वामपन्थी, स्वतन्त्र र अन्यले केही सिटहरू हात पारेका छन्। विपक्षीहरूलाई चुनावी दौडबाट बाहिर राखिएपछि […]

नेपाल–चीन वार्ता सम्पन्न, पारस्परिक साझेदारीका तीन सहमति

काठमाडौँ, २३ भदौ । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा केहीबेरअघि राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र […]

एकता र समर्पण नै विकासको आधार हो: उपप्रम पोखरेल

भक्तपुर, २३ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताए । सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा सोमबार उनले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिए । विकासको नाममा सभ्यता र संस्कृतिको विनाश […]

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

काठमाडौँ, २३ भदौ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि […]

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने

धरान, २३ भदौ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताए । उनले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताए । प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझजदारी र समन्वयको खाँचो रहेको […]

अब मरिन्छ भन्ने अनुभूति जनयुद्धकालमै भएको पचण्डको खुलासा

काठमाडौं,२३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनले आफूलाई मरिन्छ भन्ने अनुभूति भएको खुलासा गरेका छन् । जनयुद्धकालमै हत्या गरिएका गोरखाका नेता सुरेश वाग्ले बासुको स्मृतिमा सत्तारुढ दलको कार्यालय धुम्वाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुराको खुलासा गरेका हुन् । उनले जनयुद्ध सुरु गर्दा यदि बौद्धिक तागतले मात्र राज्यसँग युद्ध […]

२ वडाअध्यक्षबीच कुटाकुट हुँदा गाउँभरि त्रास

ओखलढुङ्गा, २३ भदौ । मादक पदार्थ सेवन गरी एक वडा अध्यक्षले अर्को वडा अध्यक्षलाई कुटपिट गरेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । लुइँटेल नेपाली […]

नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्ने: अध्यक्ष प्रचण्ड

काठमाडौँ, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई […]