वडा कार्यालयको सामग्री लुटपाट, प्रहरीद्वारा हस्तक्षेप

काभ्रेपलाञ्चोक, १४ कात्तिक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री आज लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ । नेपाली काङ्ग्रेस समर्थित भूपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको २०÷२२ जनाको समूहले वडा कार्यालयको डेक्सटप कम्प्युटर […]

प्रदेश २ को राजधानीमा कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, ९ घाइते

धनुषा, १४ कात्तिक । धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार काङ्ग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना […]

सर्वोच्चले भन्यो, लेनिन विष्टलाई एअरपोर्टबाट फर्काउनु असंवैधानिक

काठमाडौँ, १४ कात्तिक । सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न […]

नेकपालाई देशभर टक्कर योजना बनाउन काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १४ कात्तिक । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा समसायिक […]

महरामाथि प्रहरीका आरोपै आरोप, अनुसन्धानबाट भेटायो यस्तासम्म कुरा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अनुसन्धानका लागि म्याद थप गराउँदै आएको प्रहरीले बिहीबार अनुसन्धानको पूरा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले बिहीबार नै महराविरुद्ध कडा सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । प्रहरीले महराका विरुद्ध तयार पारेको […]

गौर घटना उचाले प्रधानमन्त्री केपी ओली पनि जेल जाने

काठमाडौं । प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले गौर घटनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जेल जाने बताएका छन्। सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले मलेठ घटनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेको भन्दै […]

साझा पार्टीले तोक्यो उम्मेदवार

भक्तपुर, १४ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ क बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ क को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज […]

कपिलवस्तुमा प्रहरीले सर्वसाधारणमाथि चलायो गोलीको बर्षा, एक जनाको मृत्यु

कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । कृष्णनगरमा बढेको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुरज कुमार पाण्डे नाम गरेका एक व्यक्तिको मृत्यु भएको हो । जिल्लाको कृष्णनगरमा लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन […]

काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

भक्तपुर, १४ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ क को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक […]

किन गरिदैछ सबैलाई लुकाएर गुप्त रुपमा प्रधानमन्त्री ओलीको आइसीयुमै राखेर डाइलासिस

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा […]