नेपाली सेनाले इन्डोनेसियाबाट ३ अर्बमा किन्यो ५१ सिटे यस्तो जहाज

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग […]

निवर्तमान सभामुख महराको चर्चित बयान (जस्ताको तस्तै)

२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६/७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ । २०४८ […]

प्रधानमन्त्री ओलीका अ‌गरक्षक नै लाखौ रकमसहित जुवालखालबाट पक्राउ

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका […]

कात्तिक १७ गते आइतबार पनि सार्वजनिक विदा

काठमाडौ, १५ कात्तिक । सरकारले आइतवार सार्वजनिक विदा दिएको छ । संघियताको कार्यान्वयनसँगै प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । यस पटक छठ शनिवार र आईतवार परेकाले आइतिवार पनि विदा दिइएको हो । छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो […]

कर्णालीमा उपनिर्वाचनको सरगर्मी

सुर्खेत, १५ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कर्णालीका दुई जिल्लामा तयारी तीव्र पारिएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष तथा पहाडी जिल्ला सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुन लागेको हो । उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु, निर्वाचन कार्यालय र सुरक्षा निकायहरु निर्वाचन लक्षित […]

कार्यकर्ता पक्राउ गरिएको भन्दै तरुण दलको ध्यानाकर्षण

काठमाडौँ, १५ कात्तिक । नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने नियतले बिहीबार राति पक्राउ गरिएको भन्दै तरुण दलले सो घटनाको निन्दा गरेको छ । […]

उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा

बाँके, १५ कात्तिक । प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ । कोहलपुर–६ मा दलले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल […]

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

काठमाडौँ, १५ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो । बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको […]

ओली सरकारले मन्त्री र सांसदहरुलाई छुट्टै चाडपर्व खर्च दिने गोप्य निर्णय गरी करोडौ पार्यो झ्वाम

काठमाडाैं । संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरूलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको […]

नेपालगञ्ज कारागारका कैदीबन्दी आन्दोलनमा

नेपालगञ्ज, १४ कात्तिक । नेपालगञ्जस्थित बाँके कारागारका कैदीबन्दी नाइके फेर्नुपर्ने माग राख्दै आज आन्दोलनमा उत्रेका छन् । नाइके मानबहादुर शाही र चौकीदार भरत फडेराको सरुवा माग गर्दै कैदीबन्दीले आन्दोलन थालेका हुन् । बाँके कारागारका निमित्त प्रमुख बखतबहादुर थापाका अनुसार शाही र फडेराले कैदीबन्दीको राशन र दैनिक उपभोग्य वस्तुको खरीदमा अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा […]