काठमाडौं । गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन् । ‘भेटघाटका तस्बिर पनि खिच्ने […]
राजनीति
रूखबाट लडेर रामजी दराईको मृत्यु
गोरखा, १३ कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर आज एक युवकको मृत्यु भएको छ । घर नजीकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए । रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताऐ । “आज बिहान […]
मनाइदै तराईवासीको महान पर्व छठ, गुह्येश्वरीमा यस्तो छ छठको तयारी शुरु
काठमाडौँ, १३ कात्तिक । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए । गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष […]
व्यक्तिमुखी राजनीतिको शिकार बन्दै विकास र समृद्धि
नेपाल लामो समयदेखि व्यक्तिमुखी राजनीतिको शिकार वन्दै आएका कारण नेपालको विकास र समृद्धि अवरुद्ध हुदै आएको थियो । राणा काल र राजा कालमा व्यक्तिको आदेश नै कानून हुने भएकोले त्यहाँ पद्धतिले काम गर्न सक्ने अवस्था थिएन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत पद्धति केन्द्रित राज्य संचालन मृगमरिचिका वन्दै आएको छ । […]
देउसी खेल्न बोलाएर किशोरीलाई बलात्कार गर्ने नेकपाका अर्का केन्द्रीय सदस्य पक्राउ
काठमाडौं, १३ कार्तिक । देशभर बलात्कारका घटना बढिरहेको र यस्ता काण्डले ठूला ठूला नेताहरु ढल्न थालेका बेला सत्तारुढ दलका अर्का नेता पनि पक्राउ परेका छन् । तिहारमा देउसी खेल्न बोलाएर एक किशोरीलाई बलात्कार गरेपछि नेकपाका अर्का एक युवा नेता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी […]
भिआइपीमा को को होलान् अरु गुप्त महरा ? तानिँदैछन् लहरा भत्किँदैछन् पहरा
काठमाडाैं । सिस्नुपानी नेपालले यसपटक पनि कमलादीस्थित प्रज्ञा भवनमा निकै सशक्त देउसी गीत प्रस्तुत गरेकाे छ । प्रत्येक तिहारमा देशका महत्वपूर्ण नेताहरुलाइ बाेलाएर यस्तै व्यङ्ग्यात्मक देउसी प्रस्तुत गर्दै आएकाे सिस्नुपानी नेपालले यसपटक पनि एक प्रस्तुति दिएकाे हाे । सिस्नुपानीकाे देउसीकाे एउटा निकै लाइन छ: तानिँदैछन् लहरा भत्किँदैछन् पहरा, भिआइपीमा को को होलान् गुप्त महरा ? […]
देशका ठालु नेताहरुमाथि सिस्नुपानीले यसपाली यसरी लगायो व्यङ्ग्यात्मक सिस्नुपानी
काठमाडौँ, १० कार्तिक । घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो । आँगनी रङ्गोलीले सजिएको थियो । घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो । नजीकै सेतो हिमाल […]
नेता इन्द्र बानियाँ करोडको खालमा पक्राउ परेको भनेर चरित्र हत्या गर्ने विरुद्ध उत्रियो काङ्ग्रेस
काठमाडौँ, १० कात्तिक । नेपाली काङ्ग्रेसले केही सञ्चारमाध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् […]
करोडको कौडा खेल्दै गरेको पूर्वमन्त्रीसहितको भीआइपी टिम पक्राउ
काठमाडौं, १० कार्तिक । कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद र चेक गरी २ करोड ७० लाख बढी रकम बरामद भएको जानकारी दिएका छन । काठमाडौंको महाराजगञ्जमा […]
विद्रोही समूहद्वारा ४० सरकारी सैनिक अपहरण
एजेन्सी । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरी लगेका यहाँको सेनाले जनाएको छ । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ । उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ । शनिबार बिहान जातीय युद्ध लड्दै आएका विद्रोहीको एक […]










