काठमाडौं, ४ फागुन । नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन ।प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले आयोजना गरेको सभा उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख […]
राजनीति
महराको आज अन्तिम सुनुवाइ
काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने बताएका छन । उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ ।’ यसअघि ३ पुसमा महरालाई थुनामा […]
सांसदको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन स्थगित
काठमाडौँ, २ फागुन— संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् । उनले कार्यव्यवस्था परामर्श समितिमा पनि उक्त कुरा राख्ने जानकारी दिइन्। बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका […]
गच्छदारसहित १७२ जनाविरुद्ध गृह मन्त्रालयले दियो ठगी र किर्ते गरेको जाहेरी
काठमाडौँ, २ फागुन । बालुवाटारस्थित ललिता निवास जग्गा अवैध रुपमा आफ्नो नाम गराएको प्रकरणमा गृह मन्त्रालयले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ जनाविरुद्ध किर्ते र ठगीको मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी मा जाहेरी दिएको छ । यसअघि माघ २७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणालीअनुसार ठगी र किर्ते […]
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन् । दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने […]
कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ: अध्यक्ष दाहाल
काठमाडौँ, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक […]
केजरीवालले रामलिला मैदानमा मुख्यमन्त्रीको शपथ लिने
एजेन्सी । दिल्ली विधानसभा चुनावमा भारी बहुमतका साथ जित हात पारेपछि आम आदमी पार्टीले अरविन्द केजरीवाललाई विधायक दलको नेता चयन गरेको छ। केजरीवालले आइतबार (फेब्रुअरी १६) मा दिल्लीको रामलिला मैदानमा तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले बुधबार बिहान राजभवन पुगेर उपराज्यपाल अनिल बैजलसँग भेट गरेका थिए। करिब १५ मिनेट भएको […]
दोस्रोपल्ट खतिवडाले घटाए देशको बजेटको आकार, राजश्व र खर्चको लक्ष्य नभेटिने
काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रोपल्ट बजेटको आकार घटाएका छन् । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले बुधबार संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा घटाएका हुन् । यो भनेको कुल विनियोजनको ९०.४ प्रतिशत हो । संशोधित बजेट अनुसार चालू खर्च ९४.५ प्रतिशत अर्थात् ९ खर्ब […]
दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार
नयाँ दिल्ली । भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा जीत हासिल गरेको छ । केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा […]
रामेश्वर फुयाँल बने बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री
काठमाडौं । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त […]









