महराको आज अन्तिम सुनुवाइ

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने बताएका छन । उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ ।’ यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।

Loading...