काठमाडौं, ५ असोज । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले जनताको बहुदलीय जनवाद (जबज)लाई थप व्याख्या गर्नुपर्ने प्रस्ताव गरेका छन् । १५–१७ असोजमा हुने पार्टीको विद्यान महाधिवेशनका लागि पुरक प्रस्ताव पेस गर्दै भूसालले एमालेका तत्कालिन महासचिव मदन भण्डारीले पेस गरेको जबज कार्यक्रम रहेको तर छैठौं महाधिवेशनमा सिद्धान्तको कुनै आधार नदिई सिद्धान्त भनिएको भन्दै थप व्याख्या गर्न माग […]
राजनीति
बागमतीमा अष्टलक्ष्मीलाई किन कुर्दै माधव नेपाल, कांग्रेस र माओवादीको पनि मुख्यमन्त्रीमा दाबी
मकवानपुर, ५ असोज । नेकपा एमालेको एकल बहुमत कायम रहेको बखत २ भदौमा बागमती प्रदेशमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य १३ जना सांसदले एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा छिन् । मुख्यमन्त्री शाक्यले २२ असोजभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सरकार परिवर्तनका लागि तयारी अवस्थामा रहेको माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले शाक्यलाई विश्वासको मत लिनका लागि […]
‘ जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्न आवश्यक भएको ठोकुवा गरेका छन । महासचिव विप्लवले यहि राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन । महासचिव विप्लवद्वारा आज […]
सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा ६ वटा कार्यसूची पेस हुने
काठमाडौं, असोज । सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छवटा कार्यसूची रहेको जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने […]
निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन ७ र ८ माघमा
काठमाडौं, ३ असोज । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले आगामी ७-८ माघमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा २ असोजमा सम्पन्न बैठकले ११औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको […]
कांग्रेस नेता शेखर कोइरालाको दावीः देउवा सरकार अलोकतान्त्रिक
विराटनगर, २ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार […]
असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने प्रचण्डको दावी
जनकपुरधाम, २ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । उनले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने बताएका हुन् । सरकारमा सहभागी दलहरूले मन्त्री बन्ने नेताहरूको नाम टुङ्ग्याउन नसकिरहेको बेला प्रचण्डले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत […]
सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन
काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो । नवनियुक्त अध्यक्ष निरौलाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि […]
१२ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उनकाअनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ । गुल्मीका प्रजिअ रुद्रादेवी […]
शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित
काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेको हो । ‘… आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद, […]











