आउने निर्वाचनमा कांग्रेस समर्थकले रुखमा मात्रै भोट हाल्छन् ः शेखर कोइराला

पुस २५,काठमाडौँ –

नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन्। सुनसरीमा शनिबार आयोजित एक कार्यक्रममा उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने बताएका हुन्।

आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको उनको भनाई थियो। पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्नखोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए।

Loading...