एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीका लागि २५ जोर ट्रयाक सुइट प्रदान

पुस २५,काठमाडौँ –

 एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीहरुलाई हौसला प्रदान गर्न मेटावो पावर तुल्स  नेपालका लागि आधिकारिक बितरक Kusum Engineering Enterprises & Trade का प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्रमुख राजेश प्रधानले खेलाडीहरुका  लागि २५ जोर ट्रयाक सुइट  उपलब्ध गराईदिनु भएको छ । एभरेष्ट मार्शल अर्तसका खेलाडीहरुलाई नेपाली कांग्रेस प्रदेश प्रमुख क्षेत्र नं ९का मोहन बस्नेत ज्यू, प्रदेश सचिव श्रावण कुमार ज्यू र समाज सेवी र पूर्व खेलाडी राजु सिंह ज्यूले खेलाडीहरुलाई ट्रयाक सुइट ब्याग र जाकेट हस्तान्तरण गर्नु भएको थियो। उक्त कार्यकम एभरेष्ट मार्शल आर्ट्स क्लबमा भएको थियो। यस कार्यक्रममा क्लबका अध्यक्ष रञ्जित रिजाल र प्रमुख प्रशिक्षक रवि शाहीको उपस्थिति थियो।

Loading...