काठमाडौँमा पछिल्लो २४ घण्टामा उपत्यकामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि

पुस २५ ,काठमाडौँ –

काठमाडौं उपत्यकामा  पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले बताउनु भयो ।

आइतबार ४९१ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म २ लाख ५७ हजार ७८७ जनामा कोरोना पृष्टि भएको छ। जसमा २ लाख ५३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या २२ सय २४१ पुगेको छ। सक्रिय संक्रमित २ हजार ९० रहेका छन्।

भक्तपुरमा अहिलेसम्म ३० हजार ५६० जनामा कोरोना पृष्टि भएको छ। जसमा २९ हजार ५३४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ४३८ पुगेको छ। भने सक्रिय संक्रमित ५८८ जना रहेका छन्।

ललितपुरमा अहिलेसम्म ५१ हजार ७४८ जनामा कोरोना पृष्टि भएको छ। जसमध्ये ५० हजार २३६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने ८०३ सक्रिय संक्रमित रहेका छन्।

 

Loading...