स्मार्ट लकडाउ हुने भयो , के गर्न नपाउने ?

पुस २५ ,काठमाडौँ ।

भारतमा कोविड संक्रमितको संख्यामा तीव्र रुपमा बढे संगै नेपालमा पनि दैनिक संक्रमितको संख्या थपिएपछि समयमै नियेंत्रण गर्न  कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र सिसीएमसीले  सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने  निर्णय गरेको छ ।         माघ ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुने गर्री  सार्वजनिक स्थानमा प्रवेश गर्नुपरेमा कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्नेछ ।

यसै गरि सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने समेत प्रश्ताव  गरेको छ ।

स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकिएको समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताउनु भयो  ।

डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महिना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ ।

Loading...