प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना पढेर सुनाएका हुन् । उनले बैठक नभएको समयमा जनतामाझ जान सांसदहरूलाई आग्रह गरे। उनले जनताका समस्या बुझ्न र सोहीअनुसार आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन भनेका हुन् । आजको प्रतिनिधिसभाको बैठक अगाडि […]

ऐन महरको दावी : सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको आधारमा सरकारको समर्थनसँगै विरोध गर्दा आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले उपलब्ध गराएको समयमा बोल्ने क्रममा उनले आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका हुन् । आफूहरू सदनमा जनताका कुरा राख्न जनताबाटै […]

विवेकशील अभियान, जेनजी मुभमेन्ट र नागरिक सर्वोच्चतालाई लडेका सांसदको मुखमा टेप लागेको छ- निश्कल राई

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आन्दोलन गरेका जेनजीहरूले अहिले सरकारबाटै लाठी खानुपरेको टिप्पणी गरेका छन्। उनले जेनजी आफैले रोजेको सरकारले उनीहरूमाथि नै लाठी प्रहार गरेको उल्लेख गरेका हुन्। उनले माजिद अन्सारीलगायत अभियन्ताले प्रश्न गर्दा सरकारकै लाठी खाइरहेको उल्लेख गरेका हुन्। ‘जुन जेनजीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको थियो, […]

एनआरएन ऐनबारे महान्याघिवक्तासॅंग एनआरएनएको छलफल

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग भेट तथा छलफल गरेको छ। एनआरएनएकी उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (सिएनसी) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा भेटमा एनआरएन सम्बन्धी कानुनी तथा नीतिगत सुधार, गैरआवासीय नेपालीका अधिकार तथा हित संरक्षण र प्रस्तावित गैरआवासीय नेपाली ऐनका विषयमा विस्तृत छलफल भएको थियो। […]

राज्यकै संरक्षणमा जथाभावी गाडी तेर्स्याउने काम भयो : सुमना श्रेष्ठ

काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छन्। सोमबार फेसबुकमार्फत् धारणा राख्दै उनले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सडकमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबर्जस्ती क्षयीकरण गरिरहेको बताएकी हुन्। राज्यको माथिल्लो तहमा बस्नेहरूले ‘पाठ सिकाउने’ […]

प्रश्न गर्ने हक र हिम्मत कसैले खोसेर खोसिंदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरूको प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन् । पार्टीको एक कार्यक्रममा सोमबार सम्बोधन गर्ने क्रममा उनले आफ्नो पूरानो घर रहेको रातोपुलमा समेत शंकास्पद तरिकाबाट गाडी राखिएको जानकारी गराउँदै यस्तो बताएका हुन् । सरकार आफैं प्रश्न गर्नेको मुख बन्द गर्न लागिरहेको बताउँदै यो अचम्मको […]

बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्। महासचिव पोखरेलले एकातिर नागरिकलाई उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत […]

गणेश नेपालीको न्यायका लागि माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा सुकुमबासीमाथि गरिएको अन्यायपूर्ण विस्थापनको विरोध र आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विल लक गरेपछि असन्तुष्ट बनेका नेपालीले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए र उनको उपचारका क्रममा निधन भएको थियो। सोही घटनालाई […]

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार अबेर जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेको उल्लेख छ । प्रमाणीकरण भएका विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण […]

संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने वैशाखमै थाहा थियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट दलहरू बाहिरिने अवस्था आउने आफूलाई वैशाखमै थाहा रहेको दाबी गरेका छन् । बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले सबै राजनीतिक ढिलै भएपनि आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको छ । यो अवस्था आउँछ भन्ने […]