काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। पार्टी प्रचार विभागका सचिव बलराम थापाका अनुसार ललितपुरमा हुने उक्त कार्यक्रममा प्रचण्डले हालको राजनीतिक परिस्थिति र ‘जेनजी आन्दोलन’पछिको देशको कार्यभारबारे प्रत्यक्ष बुझ्ने प्रयास गर्नेछन्। “अध्यक्ष प्रचण्डले […]
राजनीति
शनिबार राजधानीमा एमालेले युवा शक्ति प्रदर्शन गर्ने
भक्तपुर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण आफूले सुरक्षित राखेको बताएका छन्। सबैको एक-एक हिसाब हुने उनको चेतावनी छ । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई खुलेआम चुनौती पनि दिएका छन्। “एमाले अध्यक्ष केपी ओली र महेश […]
गुण्डुका कार्की नेतृत्वको आयोग नमान्ने भन्दै गुण्डुमै गर्जिए ओली, भन्छन्- जेजे गर्ने हो गर्नु
भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे । “प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे […]
प्रधानमन्त्री सुशीला कार्की सामाजिक सञ्जालमा सक्रिय
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलोपटक सामाजिक सञ्जालमा सक्रिय भएकी छन्। अहिलेसम्म कुनै पनि प्लेटफर्म नचलाएकी कार्कीले आइतबारदेखि औपचारिक रूपमा तीन प्रमुख सामाजिक सञ्जाल — एक्स (पूर्व ट्विटर), फेसबुक र इन्स्टाग्राम — प्रयोग गर्न थालेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्कीको एक्स ह्यान्डल @pmsushilakarki, फेसबुक खाता PM Sushila Karki […]
माओवादीमा चाकरी गर्ने र धम्क्याउनेले आत्मसमिक्षा गर्नुपर्ने प्रचार सचिवको सुझाव
काठमाडौ । नेकपा (माओवादी केन्द्र) को प्रचार विभागका सचिव एवं वरिष्ठ पत्रकार बलराम थापाले आफ्नो पार्टीप्रति तीखो समालोचना गर्दै भनेका छन्— “पार्टीको एजेन्डा बेवारिसे हुँदा त्यही एजेन्डा आज माओवादीको घाँटीमा तरवार बनेर बज्रिएको छ।” थापाले जेन–जेड आन्दोलनलाई राजनीतिक चेतनाको नयाँ लहरका रूपमा व्याख्या गर्दै आर्थिक असमानता र सामाजिक विभेदले भरिएको समाजमा सधैं राजनीतिक विद्रोहको बस्तुगत […]
हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडकमा राति सवारी चलाउन नपाइने
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडकमार्गमा आजदेखि तीन दिनसम्म रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै भनेका छन्– असोज १७ गतेदेखि २० गतेसम्म मौसम पूर्वानुमानअनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले दुर्घटना र क्षति रोक्न यो निर्णय गरिएको हो । सूचना अनुसार हेटौँडा–कान्तिलोकपथमार्गमा बेलुका ४ […]
दण्डहीनता प्रोत्साहन गर्ने र प्रतिशोध साध्ने काम तत्काल रोक्न कांग्रेसको चेतावनी
ललितपुर । नेपाली कांग्रेसले सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र प्रतिशोधको राजनीति रोक्न ध्यानाकर्षण गराएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा गृह मन्त्रालयले २०८२ असोज ९ गते सार्वजनिक गरेको विज्ञप्ति र त्यसकै आधारमा जारी परिपत्र संविधानवाद, कानूनी राज्य र विधिको शासनविरुद्ध भएको आरोप लगाइएको छ। उनले यो कदमले पीडितलाई आतंकित बनाउने र […]
कानुन विपरीतका सबै सुविधा फिर्ता गराउन संसद्लाई सरकारको पत्र
काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त […]
शेरबहादुरका साला र आरजुका भाइ भूषण राणाको घरमा प्रहरी छापा
ललितपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको छ। सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी सञ्चालन गरेको हो। छापामा स्थानीय प्रहरी पनि संलग्न थिए। घरभित्र रहेका कागजात, कम्प्युटर, मोबाइललगायतका विद्युतीय उपकरणहरू जफत गरिएको श्रोतले […]
३३ सालदेखिको परम्परा तोड्दै नेपाली कांग्रेस
ललितपुर । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको र मुलुक शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी […]









