संसदीय मर्यादा उल्लङ्घन भएको जाँचबुझ समितिको ठहर, विशेषाधिकारको प्रयोग गर्न सभामुखलाई सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ । समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्ने सम्मका व्यवस्थालाई कार्यान्वयन गर्न सुझाव दिएको छ । समितिले सांसदहरूले […]

चीनका लागि ७ पूर्वराजदूतको प्रश्न- दलाई लामाको जन्मदिन सरकारको सहमतिमा मनाइएको हो?

काठमाडौँ । चीनका लागि ७ जना पूर्वराजदूतले काठमाडौंमा दलाई लामाको जन्मदिन मनाएको विषयमा आपत्ति जनाएका छन्। असार २२ गते नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा ९१औं जन्मउत्सव मनाइएको विषयमा बिहीबार ७ पूर्वराजदूतले संयुक्त वक्तव्य जारी गर्दै सरकारको सहमतिमा उक्त जन्मदिन मनाइएको हो भनेर प्रश्न समेत गरेका छन्। ‘यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१-२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय […]

विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ। न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस […]

कांग्रेसले विभाग नबनाउने, विभागको काम नीति प्रतिष्ठानले गर्ने

काठमाडौं । नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले हटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए । उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ […]

प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको हो – नेकपा सांसद तामाङ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संसद्प्रति प्रधानमन्त्री बालेन शाहलाई उत्तरदायी बनाउने बनाउने सन्दर्भमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका खोजेको छ । बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले यस्तो आग्रह गरेका हुन् । सीमा विवादबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने उनको आग्रह छ । यो विषयमा निरन्तर संसद्मा कुरा उठ्दा […]

सभामुखले पूरा कुरै नसुनी माइक काटिदिनुभयो – एमाले सांसद राजेन्द्र राई

काठमाडौँ । प्रतिनिधि सभा बैठक पुनः सुरू भएको छ। प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अपहेलना हुने गरी बोलेको भन्दै सभामुख डिपी अर्यालले बैठक नै १५ मिनेट स्थगित गरी छलफल गरेका थिए। पुनः सुरू भएको बैठकमा एमाले सांसद राईले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन्। उनले सभामुखप्रति आफ्नो सम्मान रहेको बताए। तर कुरै नसुनी सभामुखले माइक काटिदिएको […]

राष्ट्रिय सभा बैठक बस्दै, ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२:१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। आजको व्यवस्थापन कार्यअन्तर्गत ‘विनियोजन विधेयक, […]

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ। आइतबार राजधानी तेहरानमा आयोजित शोक सभामा हजारौँ नागरिक र सरकारका उच्च अधिकारीहरू सहभागी भएका छन्। सो कार्यक्रममा दिवंगत खामेनीका अन्य तीन छोराहरू मसुद, मोस्तफा र मेइशमका साथै राष्ट्रपति मसुद पेजेस्कियान र रिभोलुसनरी गार्डका प्रमुख अहमद वाहिदी उपस्थित थिए। यद्यपि, इरानका नयाँ सर्वोच्च […]

प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने

काठमाडौँ । संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस हुनेछन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला […]