काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गोप्य छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् । साथै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको मागप्रति आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । […]
मुख्य समाचार
जापान सरकारले नेपालीलार्इ श्रम अनुमति दिने
काठमाडौँ, १० पुस । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै […]
बहत्तर बैशाखको भुकम्पले भत्काएका ३ लाख ३७ हजार ३१९ घर ठड्याइए
काठमाडौँ, १० पुस । गोरखा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । निर्माणाधीन घर सङ्ख्या दुई लाख ३३ हजार ३४३ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण स्थापना भएको तीन वर्ष पुगेको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख […]
बस अपहरण गर्न लाग्दा अनियन्त्रित बसले ठक्कर दिँदा ५ को मृत्यु २१ घाइते
एजेन्सी । चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समयानुसार दिउँसो ३ः२० बजेमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था […]
जनयुद्धकालीन गम्भीर घाइतेहरुलाई विदेशमा उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति
काठमाडौँ, ९ पुस । जनयुद्धकालका गम्भीर घाइतेहरुलार्इ अावश्यकताका अाधारमा विदेशमा समेत उपचार गर्न गृहमन्त्रालय तयार भएकाे छ । विभिन्न माग राखेर अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग याेद्धाहरुसँग मंगलबार गृहमन्त्रालयले उक्त सहमति जनाएकाे छ । गृहकाे उक्त सहमतिपछि घाइतेहरुले अनसन ताेडेका छन् । छलफलमा चार बुँदे सहमतिपछि गत मङ्सिर २७ गतेदेखि चलेको अनसन तोडिएको हो […]
नक्कली जग्गाधनी खडा गरी एउटाको जग्गा अर्कैलाई बेच्ने मालपोत कार्यालयका १६ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा
काठमाडौँ, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३, ३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ […]
कानुन विपरित स्वास्थ्य मन्त्रालयले चार करोड बाँडेको खुलासा
काठमाडौँ, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन विपरित उपचार खर्च भन्दै चार करोड बाँडेको थाहा भएको छ । मन्त्रालयले कस्ता व्यक्तिलाई सो रकम बाँडेको हो भन्ने कुरा सार्वजनिक भएको छैन । मन्त्रालयबाट मनपरी राज्यको ठुलो रकम वितरण हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नका लागि जनस्वास्थ्य विधेयक २०७५ जारी गरिएको थियो । नयाँ जारी भएको […]
अख्तियारको वार्षिक प्रतिवेदन भन्छ नेपालमा सबैभन्दा बढी भ्रष्टाचार शिक्षामा
काठमाडौँ, ९ पुस । शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा सबैभन्दा बढी अनियमिता हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको २८ औँ वार्षिक प्रतिवेदनमा आव २०७४/०७५ मा शिक्षा क्षेत्रमा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको उल्लेख गरिएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित १८ दशमवल ०२, भूमिसम्बन्धी ६ […]
अब प्रदेशबाटै श्रम स्वीकृति गराउन पाइने
धनुषा, ९ पुस । श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सातै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन […]
बढ्यो उपभोक्ता मुद्रास्फिती
काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा गत वर्षको कात्तिक महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा गत कात्तिक महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा चार दशमलव पाँच प्रतिशत पुगेको छ । विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत […]










