कांग्रेस नेता कोइरालाले स्थापना गरेको बृद्धाश्रमलाई सरकारले नमुना बनाउने

प्रत्येक स्थानीय तहमा बृद्धाश्रम खोल्ने समेत मन्त्री साहको खुलासा

सर्लाही । प्रदेश नम्बर दुईका सामाजिक विकाश मन्त्री नवलकिशोर साहले सर्लाहीको पद्म भुवनेश्वरी बृद्धाश्रमलाई प्रदेश दुईकै नमुना बनाउने बताएका छन् । नेपाली कांग्रेसको जिउदो इतिहासका रुपमा रहेका नेता बासुदेवशरण कोइरालाले स्थापना गरेको बृद्धाश्रमलाई मन्त्री साहले नमुना बनाउने बताएका हुन् ।

सर्लाहीको लालबन्दी -२ जुटपानीमा रहेको पद्म भुवनेश्वरी बृदाश्रमको मंगलवार नवनिर्मित भवन सिलन्यास गर्दै  उनले उक्त उद्घोष गरे । उक्त भवन प्रदेश सरकारकै आर्थिक सहयोगमा बनाइएको हो ।

करिब २५ लाख रुपैयाँको लागतमा प्रदेश सरकारको बजेटबाट ६३ फिट लम्बाई ५६ फिट चौडाई रहेको ८ कोठे भवनको निर्माण सिलान्यास भएको हो । समयमै राम्ररी काम सम्पन्न गर्न भन्दै मन्त्री साहले आफ्नो तर्फबाट यस बृदाश्रमलाई सक्दो सहयोग गरि प्रदेश दुईकै नमुना बृद्ध आश्रम बनाउने वचन दिएका हुन ।

उक्त अवसरमा मन्त्री साहले प्रत्येक स्थानीय  निकायमा एक एक बृद्दाश्रम बनाउने प्रदेश दुईको योजना रहेको समेत सार्वजनिक गरे।

त्यस्तै प्रदेश सभा सदस्य बेची लुङेलीले अहिले परिवार र आफ्ना सन्तानले बृृृद्ध भएपछी गर्ने हेलाले समाज विघटन तर्फ गैरहेकोमा चिन्ता ब्यक्त गर्दै अपहेलित र तिरस्कृत हुन नदिनको लागि ठोस नीति तथा कार्यक्रम बनाउनुपर्नेेमा पनि जोड दिइन ।

नेपाल किसान संघका पूर्व केन्द्रिय सभापति समेत रहेका आश्रमका सस्थापक अध्यक्ष बासुसेव शरण कोइरालाले समजसेवा समाजकै एक अंग भएकोले सबैको साथ र सहयोग आवश्यक भएको भनाइ राख्दै प्रदेश सरकारलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा राजपा नेपालका केन्द्रिय सचिब राजाराम पासवान, कृषि बिकाश बैंक नवलपुरका प्रबन्धक राजकुमार बस्नेत, नेपाली काग्रेस लालबन्दी नगर सभापती प्रसान्त आचार्य, जिल्ला खेलकुद बिकास समिति सदस्य पबित्रा घिमिरे , लालबन्दी नगरपालिकाका गोपाल थापा लगायत स्थानीय समाजसेवी र भद्र भलादमीको उपस्थिति रहेको आश्रमकी ब्यबस्थापक भवानी कोइरालाले जानकारी दिइन् ।

Loading...