सय रुपैयाँको अस्पतालमा २७ वर्षीय युवतीको शव फेला, अवस्था तनावग्रस्त

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा मंगलवार एक युवतीको शव फेला परेको छ । झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो ।

सय रुपैयाँमा उपचार गरिने भनेर चर्चामा आएको समता अस्पतालमा कर्मचारीकै झुन्डिएर ज्यान गएको बताइएको छ । सोही अस्पतालमा सरसफाई काम गर्ने अन्दाजी २७ वर्षीया युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको एक स्थानीयले जानकारी गराए । अस्पतालमा काम गर्न गएकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।

रामेछाप घर भएकी मृतकका आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेपछि व्यापक प्रहरी परिचालन गरिएको छ ।

Loading...