सुटुक्क नेपाल छिरेका दुई भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौंं । लिएको छ । विवहा गरी भागेको जोडी समात्न भारतीय प्रहरी अछाम पुगेका थिए ।

दुईमहिना अघि नेपालको अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ वर्षीया किशोरीले भागेर विवाह गरेका थिए । किशोरीतर्फका आफन्तले आफ्नी छोरी खोजीदिन निवेदन दिएपछि भारतको छत्तिसगढको प्रहरीले भारतका बिभिन्न स्थानहरुका साथै नेपालको अछाम जिल्लामा खानतलाशी गर्न अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा भारतीय प्रहरी नेपालको अछाम जिल्लामा पुगेको थियो । त्यही क्रममा तीन जना भारतीय प्रहरीलाई अछाम जिल्लामा नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ? यो प्रश्नले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थितिलाई बुझाउँछ भन्दै राष्ट्रिय जनमोर्चाले त्यस घटनाको विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र र सार्वभौम मुलुकहरूले आपसमा वा आफ्ना नागरिकहरु बीचको समस्यालाई समाधान गर्नका लागि अपनाउने विधि र उपायहरू अन्तर्राष्ट्रिय कानुनहरुले निश्चित गरे अनुसार हुनुपर्ने माग गरेका छन् ।

कुनै खानतलासी वा अनुसन्धानका लागि इन्टरपोलद्वारा आउनुपर्ने भएपनि बिना सूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम मुलुकको क्षेत्राधिकारभित्र आएर अर्को मुलुकको प्रहरीले खानतलासी वा कुनै अनुसन्धान गर्नु अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरित कुरा त हो नै, त्यसका साथै स्वतन्त्र र सार्वभौम मुलुकविरुद्धको कुरा हो । यसले भारतीय साम्राज्यवादको नेपालप्रतिको रवैयालाई थप उजागर गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ ।

केसीले विज्ञप्ति मार्फत आफ्नै प्रान्त वा राज्यहरु सरह व्यवहार गरेर खानतलाशील गर्ने भारतीय प्रहरीको उक्त व्यवहार निन्दनीय भएको भन्दै त्यसको भ्रत्र्सना गरेका छन् ।

उक्त विषयबारे आवश्यक छानवीन र कारवाही गर्नका लागि पनि जनमोर्चाले सरकारसँग माग गर्दछौँ ।

Loading...