दाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षालाई लक्षित गरेर दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङको तुलसिपुरमा परीक्षा केन्द्र तोकिएपछि तुलसिपुरसहित जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । परीक्षा लाई थप व्यवस्थित र मर्यादित बनाउन जिल्लाको सबै सुरक्षा सयन्त्रलाई परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार परीक्षा केन्द्रबाट […]
मुख्य समाचार
अस्पतालका स्वास्थ्यकर्मी नै झुण्डिएको अवस्थामा भेटिए
सिमकोट, ४ साउन । हुम्लामा एक स्वाथ्यकर्मीको शव झुण्डिएको अवस्थामा भेटिएको छ । सर्केगार्ड गाउँपालिका–२ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्यर आचार्यको डिभिजन वन कार्यालयको माथिल्लो तलको बार्दलीको रेलिङ डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । उनी काम विशेषले सदरमुकाम सिमकोट आएका थिए । विगत २२ वर्षदेखि हुम्लामा सेवा प्रदान गर्दै आएका ५७ […]
बाढीले किबीको बिरुवा नष्ट हुँदा करोडको क्षति
बनेपा, साउन ४ । बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको छ । दुई लाख वटा बिरुवा उमार्ने गरी पाँच वटा टनेलमा बीउ राखिएकोमा बाढीले नष्ट गरेपछि करीब रु एक करोड बराबरको क्षति भएको बुद्ध […]
११ महीनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, व्यापार घाटा १२ खर्ब, शोधनान्तर घाटा ९० अर्ब बढी
काठमाडौँ, ३ साउन । आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही […]
अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने
काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]
काठमाडौंको सडकबाट निस्कने धुलोबाट अब इट्टा बनाइने
काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (बु्रमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ । यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि […]
सबैभन्दा घुस लिएर रङ्गेहात पक्राउ पर्नेमा गृहमन्त्रालयका कर्मचारी : अख्तियारको रिपोर्ट
काठमाडौँ, ३ असार । गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको […]
लोकसेवाले जवरजस्त परीक्षा सुरु गरेपछि प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाइयो
काठमाडौं, ३ साउन । आन्दोलनको पूर्ण रुपमा व्यवास्ता गर्दै लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि जवरजस्त परीक्षा गराउन सुरु गरिएपछि आज प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला जनाएका छन् । लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध गठित आरक्षण बचाउ आन्दोलनमा आवद्ध प्रदर्शनकारीहरुले आज प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाएका हुन […]
त्रिवि उत्तरपुस्तिकामा नम्बर थप काण्डः आरोपित पाण्डेले गरे अग्लो भवनबाट हाम फालेर आत्महत्या
काठमाडौं, ३ साउन । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेकाे अाराेप लागेका त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीले अात्महत्या गरेका छन् । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिविका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका हुन्। उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका […]
माध्यमिक तहको पदस्थापना शुरु, यस्ता छन् पदस्थापनाका ५ आधार (पदस्थापन हुनेहरुको नामावलीसहित)
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावली सहित शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरु पठाएको हो । अब जिल्ला स्थित समन्वय इकाइले भटाभट शिक्षक पदस्थापना गर्ने जनाइएको छ । ननस्टप खबरले […]











